२ श्रावण २०८१, बुधबार
बर्दियाबाट सालको तीन गोलिया काठ बरामद

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०८०, बिहीबार १०:५४

बर्दिया: सशस्त्र प्रहरी बलले भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको सालको तीन गोलिया काठ बरामद गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक लिलबहादुर नेपालीको कमान्डमा सात जनाको टोलीले उक्त काठ बरामद गरेको हो ।

मधुवन नगरपालिका ९ धर्मवस्तीस्थित नेपाल भारत सिमानामा करिब १ लाख ३५ हजार मूल्यको ३० क्यूफिट काठ बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाले बताए ।

बरामद गरिएको उक्त काठ आवश्यक कारबाहीका लागि वन कार्यालय पठाइएको उनले जनाए । तस्करले भारतबाट अवैधरुपमा चोरी गरी नेपालमा बिक्री गर्न ल्याएको आशंका प्रहरीको छ ।
Nabintech