२३ बैशाख २०८१, आईतवार
पशु सेवाको जानकीमा बाख्रा वितरण

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०८०, बिहीबार १३:२५

जानकी (बाँके) : जानकी गाउँपालिकाको पशु सेवा शाखा मानपुरले बाख्रा वितरण गरेको छ । कृषि खाध्य प्रविधी तथा भुमी व्यवस्था मन्त्रालय लुम्विनी प्रदेशबाट अनुदान प्राप्त र जानकी गाउँपालिकाको समन्वयमा बुधवार वडा नम्वर ४ का असहाय गरिब किसानहरुलाई बाख्रा वितरण गरिएको हो । जानकी गाउँपालिकामा सञ्चालित बाख्रा प्रवर्धन कार्यक्रम पालिकास्तरीय २ दिने बाख्रा पालन तालिम सम्पन्न पश्चात् समुह सदस्यहरुलाई बाख्रा वितरण गरिएको हो ।

वडा नम्वर ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले बाख्रा पालनका लागी समुह सदस्यहरुलाई अहिलेलाई ५० वटा बाख्रा वितरण गरेको र पछि थप बाख्रा वितरण गरिने समेत बताए । तालिम सम्पन्न कार्यक्रममा बोल्दै पालिकका अध्यक्ष छब्बन खाँले किसानहरुको लागी यस्ता कार्यक्रम प्रदेश सरकार मार्फत पनि अनुदान आउन जरुरी रहेको बताए । उनले यस्ता कार्यक्रमबाट असहाय गरिब किसानहरुलाई केही मात्रामा भएपनि सहयोग पुग्ने समेत बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ , वडा नम्वर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा , वडा सदस्य हवी पठान ,पालिकाका परामर्षदाता शोहराव अलि दर्जी , पशु सेवा शाखाका प्रमुख दिल वहादुर खड्का र वडाका अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

Nabintech