४ जेष्ठ २०८१, शुक्रबार
लागुऔषध विरूद्द सचेतनामुलक कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०८०, बिहीबार १४:०२

कोहलपुर, बाँके:बाँकेको कोहलपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध विरूद्द सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा कोहलपुर नगरपालिका वडा नं ११ स्थित कोहलपुर पार्टी प्यालेसमा ज्ञान बहुमुखी क्याम्पस न्यू बागेश्वरी एकेडेमी कलेजका १६० जना विद्यार्थीहरूको सहभागितामा लागूऔषध दुर्व्यसन तथा ओसार पसार सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

ज्ञान बहुमुखी क्याम्पसका प्रमुख टेक बहादुर गुरूङ सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र खनाल प्रमुख अतिथि रहेका थिए । एलबि क्षेत्रीले सहजीकरण गरेको कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख बिर बहादुर थापाले लागू औषधको परिचय, दुर्व्यसन गर्ने व्यक्तिको लक्षण, दुर्व्यसनमा पर्नुका कारणहरूको बारेमा प्रष्ट पारेका थिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले लागु औषध दुर्व्यसन र ओसार पसारको विद्यमान अवस्था सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्नुका साथै लागू औषध दुर्व्यसनले समाजमा पारेका नकारात्मक असर, कानुनी प्रावधान लगायत बिषयमा प्रस्तुतीकरण पेश गरेका थिए।

 

Nabintech