२३ बैशाख २०८१, आईतवार
एक हप्ता नेपालगञ्जमा बसेका पूर्वराजा आज १० दिने भारत भ्रमणमा जाँदै

वैशाख १५ गते नेपालगञ्ज पुगेका उनलाई नेपालगञ्जमा अभिनन्दन गरिएको थियो


  • टाइम्स संवाददाता

  • २२ बैशाख २०८०, शुक्रबार ०९:०१

काठमाडौं : एक हप्ता बाँकेको नेपालगञ्जमामा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह आज त्यहीबाट १० दिने लामो भारत भ्रमणमा जाँदैछन्।  दुई महिनाको बीचमा उनी दोस्रोपटक भारत जान लागेका हुन्। करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेको शाहका संवाद सचिव डाक्टर फणिराज पाठकले जानकारी दिए।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको हो।  वैशाख १५ गते नेपालगञ्ज पुगेका उनलाई नेपालगञ्जमा अभिनन्दन गरिएको थियो।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत निस्किन लागेका हुने। उनले  १० दिन लखनउमै बिताउने बताइएको छ।  शाहको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन्। ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तर प्रदेश सरकारले नै लिएको छ।

 

Nabintech