१६ चैत्र २०८०, शुक्रबार
एनआरएनएको नेतृत्वका लागि संगीता अधिकारी सुबेदी नै किन ?

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०८०, शुक्रबार १०:०४

जापान: निकै शंघर्ष र मेहनतकी प्रयायी संगिता अभिकारी सुबेदी २०१५ देखि २०१७ कार्यकाल उपाध्यक्ष पदको उम्मेदारमा ४२ मतको अन्तरले पराजित भएपनि आफूले हार खाएको महशुस नगरी निरन्तर थप सशक्त भयर समाजको सेवा गर्दै आउन सफल भईन । बिगत देखि नै सामाजिक सेवामा आफु संलग्न हुदै सामाजिक सेवाका थुप्रै काम गर्दै हाल एनआरएन जापानको उपाध्यक्ष पदमा रहि काम गरि रहेकी संगिता भन्छिन मैले हारे तर समाजबाट हराइन  १ महिना कि सुत्केरी थिए ,सानो नानीलाई काखमा राख्दै जाली झेलि,र खुरापातिहरूसँग चुनौती दिनु परको छ ।

जीवनमा जति सुकै अप्ठेरो आउँदा पनि समाज सेवाबाट टाढा भईन ।क्षमता भए पनि महिलाहरू पछाडि पारिएका छन् ,उनले भनिन आफ्नो कार्यकालमा महिलालाई नेतृत्व लिन सक्ने र जापानमा रहेका नेपाली दिदी बहिनीलाई अधिकार, सुरक्षा र पछिल्लो चरणमा ,राजनीतिक र नागरिक अधिकारको चेतनासहित महिला सहभागिता अझै फराकिलो, खँदिलो र आँटिलो , निष्पक्ष ,खालका कार्यक्रम,समान सहभागिता जनाउदै आएकी संगिता सँस्था सुद्धृडिकरण,पारदर्शिता,जवाफदेहिता,सुशासन ,युवा सहभागिता, गतिशिल ,चलायमान तथा अधिकार सम्पन्न क्षेत्रिय समिति बनाउन पनि प्राथमिक्तामा राख्दै आएकी छिन । सबै प्रकारले कार्यक्रममा जापानमा रहेका सबै प्रकारका सक्रिय सँघ सँस्थाहरूसँग सहकार्य पनि गर्ने योजनाहरू रहेको बताउने संगिता १०१५ देखि हाल सम्म एनआरएनए संस्थामा विभिन्न पदमा रहेर काम गर्दै आएकी छिन ।२०१७ देखि २०१९ सम्म एनआरएनए जापानको महिला सदस्यमा मनोनित ,२०१९ देखि २०२१ सम्म महिला संयोजक २०२१ देखि २०२३ सम्म एनआरएनए जापानको उपाध्यक्ष पदमा रहेर समाज सेवा समेत गरिन ।

एनआरएन जापानको उपाध्यक्ष पदमा हुदा पनि धेरै कुरा गरेको र बोलेको कुरा पुर्याएको छु भन्दै अध्यक्ष पदमा पनि आफुले महिलाका बिषय ,साधारण बोलीचालीका भाषादेखि संस्कार, संस्कृति, नीतिनियम, कानुन, राजनीति, अर्थनीतिसम्म महिलाले भोग्दै आएका विभेदको बारेमा ,हरेक जनचासो समाज सेवाको कुरामा निरन्तर वकालत गर्ने बताईन ।

नेपाली महिलाले अवसर पाए हरेक क्षेत्रमा काम गर्न सक्छन् भन्ने सन्देश फैलाउन चाहने सुबेदी उनीले आफुलाई त्यागी महिलाको रूपमा पनि चिनाउन चाहेको समेत जिकिर गरिन ।उनी यति मात्र नभएर महिलाले पनि केही गर्न सक्छन् भनेर महिलालाई प्रेरित गर्ने अभियन्ता पनि हुन ।

आफुलाई क्रान्तिकारी महिला समाज सुधारकका रूपमा पनि स्थापित गर्दै गएकी सँगिता अधिकारी सुबेदि, सङ्घर्ष, सफलता ,र अनकन्टार भिरकी सुनाखरी हुन भन्दा अतिसयोक्ति नहोला । यसको ज्वलन्त प्रमाणित एक महिनाको छोरीसँगै एनआरएनएमा रहेर बिभिन्न प्रततिशिल समेत काम गर्दै आएकी छिन ।

Nabintech