२३ बैशाख २०८१, आईतवार
नगर स्थापना दिवस सप्ताहको पहिलो दिन बृहत सरसफाई

  • टाइम्स संवाददाता

  • २३ बैशाख २०८०, शनिबार १०:२१

कोहलपुर, बाँके:कोहलपुर नगरपालिकाले कोहलपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुबेदी र जिल्ला समन्वय समितीका उपाध्यक्ष सिता कार्किले कोहलपुर चौराहामा कुचोले कसिंगर बढारेर कार्यक्रमको उदघाटन गरे ।

नगरपालिकाको १० औं स्थापना दिवसका अवसरमा सप्ताह ब्यापि कार्यक्रम अन्तरगत आज शनिबार आयोजित सरसफाई कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधि, नेपाल प्रहरी, शशत्र प्रहरी, ट्राफिक प्रहरी तथा नगर प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो ।

कोहलपुर चौराहबाट नगरका बिभिन्न भागहरु सरसफाई गर्दै पुन कोहलपुर चौराहामा आई सम्पन्न सरसफाई कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक बिद्यार्थी, खेल प्रेमी लगाएत नगरका कर्मचारीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

भोलि आईतवार नगरका १५ वटै वडामा वडाहरुको आयोजनामा सरसफाई कार्यक्रम गरिने छ भने स्थापना दिवसका दिन नगर सभाको हलमा २५ गते बिबिध कार्यक्रम गरि नगरपालिका स्थापना दिवस मनाउने कार्यक्रम रहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

Nabintech