४ जेष्ठ २०८१, शुक्रबार
राष्ट्रिय राजनिती स्थिर नहुदा जनचाहना बमोजिम काम गर्न सकिएन : सांसद ढकाल

संघिय राजधानिमा रहदा आफनो क्षेत्रमा डुडुवा, राप्ति र मानखोलाको दिर्घकालिन समस्या समाधान नै प्राथामिकतामा राखेर बिभिन्न मन्त्रालयसंग छलफल गर्दै


  • प्रमोद रिजाल

  • २३ बैशाख २०८०, शनिबार १७:५७

कोहलपुर,बाँके:नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं. १ का संघिय सांसद सुर्य प्रसाद ढकालले जनताका असिमित आकांक्षाहरु आफुले बोकेर सिहदरवार भित्र छिरेको भए पनि राष्ट्रिय राजनिती स्थिर नहुदा जनचाहना पुरा हुन नसकेको भन्दै स्थिर सरकारले मात्र जनताका सपना साकार पार्दै संबृद्ध नेपाली सुखि नेपालीको सपना साकार हुने बताएका छन ।

बाँकेको कोहलपुरमा आज शनिबार पत्रकार भेटघाट कार्यक्रममा माननिय सांसद ढकालले पत्रकारहरु माझ यस्तो धारणा सार्वजनिक गरेका हुन । आफनो ४ महिनाको फेरीहिस्त अनुभव पत्रकारमाझ साझा गर्दै ढकालले आफना यी चार महिना खासै प्रभावकारी हुन नसकेको समेत स्विकार गरेका छन ।

अधिकांस मित्रहरुले संसदमा समेत आफनो जिल्ला र समसामयीक देशका एजेण्डाबारे सदनमा नबोलेको भन्दै गुणासो गर्नु हुन्छ तर संसद एक कर्मकाण्ड पुरा गर्ने थलो रहेको आफुले तितो अनुभव संगालेको भन्दै ढकालले हाउसले पार्टिलाई दिएको समय र सांसद संख्याका कारण बिभिन्न आफना एजेण्डा बारे आवाज उठाउने चहाना हुदा हुदै पनि सो अवसरबाट आफु बिमुख हुनुपरेको जिकिर गरे ।

राष्ट्रिय राजनिती फेरी पनि स्थिर हुने छाटकाट छैन तर पनि बाँकेका जनताले देखेका सपनाहरु साकार पार्न मलाई अझै थकाई लागेका छैन भन्दै सांसद ढकालले भुमिहिन, सुकुम्बासि र अब्यबस्थित बसोबासिलाई लालपुर्जा दिने अभियान राष्ट्रिय समस्याको रुपमा रहेको बताए । उनले राष्ट्रिय निकुञ्जसंग जोडिएका तथा तमाम समस्याले जकडिएका जग्गाका बाधाहरु हटाउन बन कार्यालयको मातहतमा ल्याई नापजाँच गरिनुपर्ने भन्दै मानव र विकास विरोधि ऐनहरु समेत संसोधन हुनुपर्ने धारणा राखे ।

जल जंगल र जमिनको अधिकारमाथि मध्यवर्ति क्षेत्रले धावा बोल्ने गरेको छ , भुमि आयोगले जग्गा दिने भन्छ नापिले नाप्छ यता बन र निकुञ्जले बखेडा झिकेर तमाम भुमिहिनहरुको भुमिअधिकार हनन गरेको छ भन्दै सांसद ढकालले विकास र निकासका लागि सरकारका निकाय बिचमा नै बाझिएका कानुन संसोधन गर्नुपर्नेमा आफुले जोड दिने बताए ।

संघिय राजधानिमा रहदा आफनो क्षेत्रमा डुडुवा, राप्ति र मानखोलाको दिर्घकालिन समस्या समाधान नै प्राथामिकतामा राखेर बिभिन्न मन्त्रालय जाने र छलफल बहस गर्ने कोहलपुर घुईयााबरि सडक, नौवस्ता औधोगिक क्षेत्र, खजुरा विश्वबिद्यालय, नरैनापुर नेपालगञ्ज धार्मिक पर्यटन मार्ग मात्र नभएर आफुले घोषणा पत्रमा उल्लेख गरेका योजना कसरी कार्यान्वयनमा ल्याउने भन्ने बिषयमा निरन्तर आफु लागि रहेको भन्दै ढकालले अबको बर्षे संसद बजेट ल्याउने र समापन हुने भएकाले पनि अझ बढि आफनो सक्रियता रहने बताए ।

Nabintech