२२ बैशाख २०८१, शनिबार
एन प्याब्सनको एक दिने मन्टेश्वरी तालिम कोहलपुरमा

परम्परागत शिक्षा सिकाउने शैलिलाई बिस्थापित गर्दै प्रयोगात्मक तथा प्रबिधिमैत्रि शिक्षा सिकाउनु आजको आबश्यकता


  • टाइम्स संवाददाता

  • २३ बैशाख २०८०, शनिबार १७:४७

कोहलपुर, बाँके: ”शिक्षण सिकाई प्रभावकारी बनाउन शिक्षकलाई दक्ष बनाउनुपर्छ” भन्ने मुल मान्यताका साथ नेशनल प्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा कोहलपुरमा मन्टेश्वरी शिक्षक तालिम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेशनल प्याब्सन अन्तरगतका १८ बिद्यालय मध्य १४ बिद्यालयका ४९ जना प्रि प्राईमरीका शिक्षिकाहरुको सहभागिता रहेको मन्टेश्वरी शिक्षक तालिम कार्यक्रमले सिकेर बिद्यालयमा गएका शिक्षिकाहरुले आफना बाल बालिकाहरुलाई परम्परागत शिक्षा सिकाउने शैलिलाई बिस्थापित गर्दै प्रयोगात्मक तथा प्रबिधिमैत्रि शिक्षा सिकाउन अग्रसर रहनेमा तालिम प्रशिक्षक दिप्ति राना मगरले बिश्वास ब्यक्त गरिन । स्किल परीवर्तन गर्दै घोकन्ते शिक्षालाई किनारा लाउनुपर्ने आजको आबश्यकता रहेको औंल्याउदै प्रशिक्षक राना मगरले ब्यबहारीक र युग सुहाउदो शिक्षा आजको आबश्यकता रहेको चर्चा गरिन ।

कार्यक्रमका प्रमुख अतिथी एबं कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमालले कार्यक्रमको उदघाटन गर्दै दक्ष जनशक्ति उत्पादनमा सिकाउने शिक्षक शिक्षिकाहरुलाई बिद्यालयले प्राथामिकतामा राखेर तालिम, प्रशिक्षण दिनु स्वागतयोग्य कार्य भएको टिप्पणी गर्दै शैक्षिक सुधारको अभियान अब हरेक बिद्यालयको आगनबाट नै शुरु गर्नुपर्नेमा जोड दिए ।

एन प्याब्सन नगर कमिटि अध्यक्ष विष्णु के।सि।को अध्यक्षतामा आयोजित तालिमको पहिलो शत्रमा एन प्याब्सनका लुम्बिनी प्रदेश सह कोषाध्यक्ष कमल पछाई, जिल्ला अध्यक्ष श्याम कुवर, प्रथम उपाध्यक्ष किशोर राज मल्ल, उपाध्यक्ष चिरिञ्जिवि मल्ल, सदस्य महेन्द्र कार्कि, कोहलपुर संस्थागत बिद्यालयहरुको संगठन क्रिसाका अध्यक्ष बेग प्रसाद चन्द लगाएत अतिथीहरुको उपस्थिती रहेको थियो ।
ज्ञानेन्द्र आचार्यले सञ्चालन गरेको उक्त एक दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई सहभागिताको प्रमाणपत्र एबं प्रशिक्षकलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Nabintech