५ जेष्ठ २०८१, शनिबार
दाइजो बिरुद्ध नेपालगन्ज उपमहानगरपालिकाद्धारा नीति निर्माण गर्ने

  • टाइम्स संवाददाता

  • २४ बैशाख २०८०, आईतवार १२:५४

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले दाइजो प्रथा नियन्त्रणका लागि दाइजो प्रथाविरुद्ध नीति निर्माण गर्ने, निर्णय गरेको छ । त्यसका लागि कार्यदल गठन गर्ने र सामाजिक सञ्जालमा समूह गठन गर्ने निर्णय गरेको महिला विकास अधिकृत मञ्जु पाण्डेले बताइन् ।

पाण्डेका अनुसार नेपालगन्ज उपमहानगरपालिकाभित्र व्याप्त रहेको दाइजो प्रथा न्यूनीकरण गर्न आगामी नगरसभामा नीति पेस गर्ने, उपप्रमुख राईको संयोजकत्वमा दाइजो प्रथा विरुद्ध नगरपालिका स्तरीय कार्यदल गठन गर्ने र कार्यदलका सदस्यसहित सरोकारवाला समेत रहने गरी ह्वाट्स एपमा समूह निर्माण गरेर सूचना सम्प्रेषण एवम् अद्यावधिक गर्ने निर्णय गरिएको छ । पाण्डे सदस्य सचिव रहने गरी १५ सदस्यीय कार्यदलसमेत बनाइएको छ ।

कार्यदलमा कार्यपालिका सदस्य बसन्त कनौजिया, वडा नम्बर १३ का वडा अध्यक्ष सुरेशसिंह ठाकुर, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत अलि खानसहित पत्रकार, अधिवक्ता र शिक्षकहरू समेत छन् ।

Nabintech