४ जेष्ठ २०८१, शुक्रबार
नगरपालिका स्थापना दिवस : वक्तृत्वकलामा जनज्ञान ज्योति मा. बि.कि करुणा खनाल प्रथम

कोहलपुरको समृद्धि तथा विकासमा सरोकारवाला पक्षको भूमिका बिषयमा वक्तृत्वकला


  • टाइम्स संवाददाता

  • २४ बैशाख २०८०, आईतवार १७:२२

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाको दशौं स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा ”कोहलपुरको समृद्धि तथा विकासमा सरोकारवाला पक्षको भूमिका” विषयक अन्तर मा वि स्तरीय वक्तृत्वकला प्रतियोगिता कृष्ण मा.बि.को सभा हलमा सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिका भित्रका १३ सामुदायिक बिद्यालयका छात्र छात्राहरुले सहभागिता जनाएको उक्त वक्तृत्वकला प्रतियोगितामा जनज्ञान ज्योति मा. बि.कि करुणा खनाल प्रथम हुन सफल भएकी छिन दास्रो तेस्रो र सान्त्वनामा अन्जली खडका कृष्ण मा. बि., धनराज योगी कोहलपुर मा. बि. र गोबिन्द पौडेल जनज्योति पब्लिक भएका छन ।

सामाजिक विकास शाखाका संयोजक ईश्वरी प्रशाद विश्वकर्माको सभापतित्वमा र नगर उप प्रमुख संगिता सुबेदीको प्रमुख आतिथ्यतामा आयोजित वक्तृत्वकला प्रतियोगितामा निर्णायकको भुमिका वागेश्वरी क्याम्पसका उप प्राध्यापक पुष्कर रिजाल, खोपीराम वली र न्यू वागेश्वरी एकेडेमीकी विमला खत्रीले निभाएका थिए ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष बद्री प्रशाद जैसी कोहलपुर नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल ,नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजार , बागेश्वरी क्याम्पसका कृष्ण मा.बि.का प्र.अ. दिलिप वली लगायतको उपस्थिती रहेको थियो ।

यसैबिच नगरपालिकाले आफनो १० औं स्थापना दिवसका अवसरमा भोलि २५ गते सार्वजनिक बिदा समेत दिएको छ । प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालद्धारा हस्ताक्षरित सुचना बमोजिम कोहलपुर नगर भित्रका सरकारी तथा गैर सरकारी कार्यालयहरु, सम्पुर्ण वडा कार्यालयहरु, शिक्षण संस्था तथा स्वास्थ्य संस्था समेत तथा सार्वजनिक निकायहरुलाई विदा दिएको उल्लेख गरिएको छ ।

Nabintech