५ जेष्ठ २०८१, शनिबार
त्याग सर्मपण र वलिदानले मात्र देश बन्छ: संघिय सांसद राठौर

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८०, सोमबार १७:५८

कोहलपुर, बाँके: नेपाली काङग्रेसका केन्दिय सदस्य तथा बाँके क्षेत्र नं. ३ का माननिय संघिय सांसद किशोर सिह राठौरले देश बोलेर मात्र नबन्ने भन्दै देश बनाउनका लागि त्याग सर्मपण र वलिदानको आबश्यकता रहने बताएका छन । कोहलपुर नगरपालिकाको १० औं स्थापना दिवसका अवसरमा नगरपालिकाले आयोजना गरेको स्थापना दिवसका अवसरमा संघिय सांसद किशोर सिह राठौरले यस्तो कुरा बताएका हुन ।

केहि नयाँ अनुहारहरु बोलेर संसारै ल्याउछु भनेर लागेका छन जुन सुकै कुरापनि आज भन्ने बित्तिकै हुदैन २००७ सालमा बिपिले संबिधान सभाको माग गर्नु भएको थियो आज ७० बर्ष पछि बल्ल पुरा भएको छ परिवर्तन आजको भोलि हुदैन जनस्तरमा चेतना समेत परिवर्तन हुनुपर्छ अनिमात्र देश परिवर्तन हुन्छ संघिय सांसद राठौरले भने ।

उनले समाज र जनताको चेतनाबाट मात्र परिवर्तन संभब हुने भन्दै हल्लाका भरमा र झुटा आश्वासनका भरमा देशमा परिवर्तन नआउने भन्दै नया अनुहारहरु रास्वपा लगाएतलाई इंगित गर्दै उनीहरुले धेरै नै खरानि घसिरहेको बताए ।

ब्यक्ति र पार्टि केन्द्रित भएका कारण अहिले पार्टिहरुप्रति जनतामा केहि नैराश्यता छाएको भन्दै देशको परिवर्तनकारी शक्ति भनेका काङग्रेस, एमाले, माओवादि नै भएको जिकिर गरे । जस्ले जति ठुला कुरा गरे पनि यीनै पार्टिहरुको त्याग, सर्मपण र बलले मात्र देशमा संघिय गणतन्त्र आएको हो नयाँहरुले देशभित्र भएका बाझा खेतहरुमा युवाहरु उर्तान ल्याकत राख्ने भोट मागेर छल गरेको समेत जिकिर गरे ।

विकास भनेको बाटोघाटो पुल पुलेसा मात्र नभएको भन्दै राठौरले नगरपालिकालाई शिक्षामा जोड दिन आग्रह समेत गरे बाँके बर्दियाको विकासमा मेरा सपनाका योजनाहरु छन भौतिक विकास निर्माण भन्दा पनि पहिले शिक्षा दिएर चेतनाको स्तर बृद्धि गर्न जोड दिए ।

नगर परिवर्तन गर्न जनप्रतिनिधि मात्र हैन कर्मचारीहरुले थप प्रयत्न गर्नुपर्ने बताएका संघिय सांसद राठौरले भेरी बबई ड्राईभसन बबईमा खसाएर मानखोला हुदै बाँकेमा खानेपानी सिचाई उपलब्ध गराई बाँके बर्दियालाई हराभरा पार्ने आफनो सपना १० बर्षभित्र पुरा भएरै छाड्ने, मानखोला कोहलपुर चारलेन सडक स्तर उन्नती कोहलपुर चिसापानी हुदै कर्णाली जोडने राजमार्गको स्तरउन्नतीका लागि आफुले आगामि बजेटमा योजना पारेरै छोडने बताए । जनप्रतिनिधि भनेका भत्ता खान चुनिएका हैनन भन्दै सम्पुर्ण नगरका जनप्रतिनिधिहरुलाई निश्वार्थ तरीकाले काम गर्न समेत सुझाए ।

”हरित संगम स्थल हाम्रो शहर सुन्दर संबृद्ध कोहपुर नगर” भन्ने मुल नाराका साथ आयोजित दशौं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सांसद तथा पुर्व बन तथा वातावरण मन्त्रि दुर्गा प्रसाद चौधरीले कोहलपुरलाई शिक्षा, स्वास्थ्य जस्ता आधारभुत अधिकारका कुराहरुमा मुख्य योगदान गर्दै यस क्षेत्रलाई सामाजिक, सांस्कृतीक रुपले सक्षम बनाउनुपर्ने बताए ।

अर्का लुम्बिनी प्रदेश सांसद बसन्ति अभिकारीले कोहलपुरको चौतर्फि विकासको हकमा ५ माननियहरु एक भएर लागिरहेको बेला संघिय सांसद किशोर सिंह राठोर थपिएको भन्दै अब संघ र प्रदेशबाट विकास निर्माणका बारेमा कोहलपुरले थप आसा गर्ने अबसर पाएको उल्लेख गरिन ।

प्रदेश सांसद सञ्जु कुमारी थारु,नेपाली काङग्रेसका जिल्ला अध्यक्ष नारायण गौडेल, एमाल बाँके क्षेत्र नं. १ का ईन्चार्ज बलराम भट्टराई, नेकपा माओबादि केन्द्रका नगर अध्यक्ष तुलराज बिष्ट, एकिकृत समाजवादि अनेमसंघ बाँके जिल्ला अध्यक्ष नारायणि वलि,स्वबियु सभापति देबेन्द्र बहादुर बुढा, शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव लगाएतले नगर स्थापनाका अवसरमा शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा रास्वपालाई सम्बोधन नगरेको भन्दै रास्वपाका आनन्दबाबु काफलेले कोहलपुरको विकास निर्माणमा समेत बिभेदकारी निति लिएको भन्दै नगरको आलोचना गरे । उनले कोहलपुरका मुख्य सडकमा कतै २५ मिटर छोडन लाउने कतै ३० मिटर छोडन लाएर एकै ठाउमा २ वटा नियम लादिएको भन्दै आपत्ति जनाए । उनले पहिले अख्तियारमा मुद्धा परेको स्थानमा पुराना बिरुवा उखलेर नयाँ विरुवा रोप्दै गरेको परिदृष्यले आफुलाई अचम्मित तुल्याएको भन्दै जनतामारा काम गर्नेहरुलाई कसरी जनप्रतिनिधि भन्ने भन्दै प्रतिप्रश्न गरे ।

प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले कार्यक्रमको औचित्यमाथि प्रष्ट पारेको कार्यक्रममा उप प्रमुख संगिता सुबेदीले उपस्थित अतिथीहरुलाई स्वागत गरेकी थिईन । नगर प्रमुख पुर्ण प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न १० औं स्थापना दिवसका अवसरमा महिला कर्मचारीहरुद्धारा नृत्यबाट स्वागत गर्दै बिभिन्न झाकि, कला, गित संगित,कबिता, नाटक समेत प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन प्रेस संयोजक प्रिया स्मृती ढकालले गरेका थिए ।

Nabintech