५ जेष्ठ २०८१, शनिबार
कर्मकाण्डि तवरले सम्पन्न भयो नगरपालिकाको १० औं स्थापना दिवस

नगरपालिकाले दिवसको केहि दिन अगाडि आफुले लेखेको समाचार पेश गर्न टेण्डर शैलि अपनाएको थियो


  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८०, सोमबार १८:२५

कोहलपुर,बाँके:कोहलपुर नगरपालिकाको १० औं स्थापना दिवस कर्मकाण्डि तवरले सम्पन्न भएको छ । निकै नै अस्तब्यस्त बसाई र ब्यबस्थापनले कोहलपुर नगरकै विकास झल्किन्थ्यो । पत्रकार बस्ने दिर्घामा समेत अन्य ब्यक्ति बस्दा समेत आयोजकहरुलाई कुनै चासो देखिएन ।

नगरपालिकाको १० औं स्थापना दिवश कार्यक्रमलाई हालसम्मकै भव्य कार्यक्रमका रुपमा सुसम्पन्न गर्न कुनै कसर बाँकी नराखेको नगरपालिकाले आफ्नो स्थापना दिवस कार्यक्रममा नगरवासीहरुको उपस्थिती लगभग शुन्य हुने संकेत पाएपछि हतारमा सार्वजनिक विदा घोषणा गरेर कार्यक्रमको लाज बचाउन कोहलपुर क्षेत्रका विद्यालयहरुका शिक्षक, विद्यार्थी र मातहतका कर्मचारीहरुलाई सरकारी/औपचारिक पोषाकमा अनिवार्य रुपमा उपस्थित हुन सूचना नै जारी गरिएको थियो ।

पुरै वडाका वडाध्यक्ष समेतको उपस्थिती रहेन भने अगाडि बोल्ने अधिकांश बक्ताहरु आफु बोल्दै अर्को कार्यक्रमको बहाना बनाएर निस्किएपछि कार्यक्रमका प्रमुख अतिथी बोल्दा प्राय कुर्सिहरु खालि रहेका थिए ।

भव्य ताम झाम सहित आयोजित कार्यक्रममा स्थानिय सरकार र जनता (नगरवासी) बीच आवश्यक समन्वय गर्दै सेतुको भूमिका निर्वाह गर्ने टोल विकास संस्थाका पदाधिकारीको उपस्थिती समेत लगभग शुन्य देखिन्थ्यो । विशेष महत्वका साथ उत्सवका रुपमा लिइने स्थापना दिवसको कार्यक्रमको फितलो व्यवस्थापन र नगरवासीको शुन्य उपस्थिती देखिएपछि कार्यक्रमको उपलब्धीबारे प्रश्न चिन्ह खडा भएको छ ।

मुलधारको पत्रकारिता बिचलित पार्न उद्धत 
प्रायः विषयमा विवादित बन्दै गइरहेको नगरपालिका मुलधारको पत्रकारीता विचचित गर्न उद्धत देखिएको कोहलपुर क्षेत्रका क्रियाशील पत्रकारहरुको आक्रोश व्यक्त गरेका छन् । स्थापना दिवसको अवशरमा नगद राशी सहित पुरस्कृत गरिएका क्रियाशील पत्रकारहरुको सन्दर्भमा श्रमजिवी पत्रकारहरुको हकमा प्रशसंनिय कार्यलाई निरन्तरता दिएको भन्दै नगर क्षेत्रका सञ्चारकर्मी पत्रकारहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर संख्यालाई आधार मानेर सकारात्मक समाचार लेख्ने पत्रकार सञ्चारकर्मीलाई पुरस्कृत गरिदा नकारात्मक सन्देश प्रवाह भएको आम पत्रकारहरुको बुझाई रहेको छ ।

भोलीका दिनमा जनप्रतिनिधीहरुको गलत र अर्मयादित गतिविधीहरुलाई मिडियामा आउनबाट रोक्न नगर प्रमुख लगाएतका जनप्रतिनिधीहरुको मनशुभा देखिएको आम पत्रकारको भनाई छ । यहाँसम्म कि मुलधारभन्दा वाहिरका युट्युब च्यानल र फेसबुक पेज सञ्चालन गर्दै आइरहेका गैर पत्रकारलाई समेत सम्बन्ध र निकटताका आधारमा पुरस्कृत गरिएको भन्दै पत्रकारीताको मुलधार नै विचलित पार्ने प्रयासमा नगरपालिका उद्धत देखिएकाले तत्काल यस्ता अर्मयादित गतिविधी रोकेर पत्रकारीको संस्थागत विकासमा अहम् भूमिका निर्वाह गर्न आम पत्रकार सञ्चारकर्मीहरुले आग्रह गरेका छन् ।

नगरपालिकाले दिवसको केहि दिन अगाडि आफुले लेखेको समाचार पेश गर्न टेण्डर शैलि अपनाएको थियो ।जम्मा चार जनाले भरेको टेण्डरमा ४ जनाको मात्र टेण्डर परेकाले स्वत उनीहरुलाई संख्यात्मक रुपमा प्रथम, द्धितिय,तृतिय र सान्तवना घोषणा गरिएको थियो । प्रथम द्धितिय र तृतियलाई नगद तथा प्रमाणपत्र समेत दिएको भएपनि सान्त्वनालाई प्रमाणपत्र मात्र दिएर नगरले पत्रकारलाई खल्लि उडाउने कार्य गरेको पाईयो ।

 

Nabintech