५ जेष्ठ २०८१, शनिबार
आगो निभाउन जादा १२ घाईते

आगो नियन्त्रणका लागि पुगेका स्थानीयहरूलाइ उल्टै आगोले वरिपरिबाट घेरा हाल्यो


  • टाइम्स संवाददाता

  • २७ बैशाख २०८०, बुधबार १६:४६

दैलेख: दैलेखको आठविस नगरपालिका –६ माल्या जंगलमा आगजनी नियन्त्रण गर्न जाँदा १२ जना स्थानीयहरू घाइते भएका छन् ।जंगल नजिक काम गर्न गएका उनीहरु आगजनी नियन्त्रणका लागि जंगल पुगेका बेला आगो लागेर घाइते भएका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्न पुगेका उनीहरु वन समितिका अध्यक्ष नवीन विकले जंगलको आगजनी नियन्त्रणका लागि सहयोग मागेका थिए । त्यसलगत्तै जंगलमा आगजनी नियन्त्रण गर्न पुगेका समितिका अध्यक्ष विकसहित १२ जनालाई वरिपरिबाट आगोले घेरा हालेपछि घाइते भएको ६ नम्बरका वडाध्यक्ष नमराज शर्माले बताए ।

आगो नियन्त्रणका लागि पुगेका स्थानीयहरूलाइ उल्टै आगोले वरिपरिबाट घेरा हाल्यो ।’ वडाध्यक्ष शर्माले भने, बिचमा रहेको ठुलो ढुंगाभित्र बस्न पुगे पनि हावाको बेगले आगो भित्रै पुग्दा सबै घाइते हुन पुगे ।’ बाहिरी भागमा रहेका ३ जना आगोबाट गम्भीरसहित अन्य ९ जना पनि आगोले पोलिएका छन्।

उनीहरूको करिब ५० प्रतिशत शरीर जलेको अनुमान स्थानीयले गरेका छन् ।आगोले जलेकाहरूको अहिलेसम्म उपचारका लागि उद्धार हुन सकेको छैन् ।उनीहरूको नाम पहिचान हुन नसकेको वडाध्यक्ष शर्माले बताए।

Nabintech