३१ असार २०८१, आईतवार
रझेनाकी २२ वर्षीया सुमित्रारानी मृत अवस्थामा फेला

  • टाइम्स संवाददाता

  • २९ बैशाख २०८०, शुक्रबार १३:०४

कोहलपुर:बाँके कोहलपुर नगरपालिका-६ रझेनाकी २२ वर्षीया सुमित्रारानी थारु मृत अवस्थामा फेला परेकी छिन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी थारु आज बिहान आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तीले जानकारी दिएका छन् ।
थारुको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।
Nabintech