२९ असार २०८१, शुक्रबार
नयाँ बिद्यार्थीहरुलाई बाल ज्योतीले गर्यो स्वागत

बिद्यालयले होस्टेलमा बसेर अध्यन गर्न चहाने बिद्यार्थीहरुका लागि होस्टेलको समेत ब्यबस्था गरेको छ


  • टाइम्स संवाददाता

  • २९ बैशाख २०८०, शुक्रबार १६:५९

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको बाल ज्योती अंग्रजी माध्यामिक बिद्यालयले आफनो स्कुलमा स्वत स्फुर्त रुपमा नयाँ भर्ना भएर बिद्यालयमा नयाँ सदस्यका रुपमा आएका बाल बालिकाहरुलाई स्वागत गरेको छ ।

राजनितिज्ञ तथा समाजसेवी स्व. टिकाराम सुबेदीले २०४७ सालमा स्थापना गरेको बाल ज्योती अंग्रेजी माध्यामिक बिद्यालय कोहलपुर क्षेत्रमा संस्थागत बिद्यालयहरुमा पुरानो बिद्यालयको रुपमा चिनिन्छ ।

स्थापना कालमा निकै शंघर्ष गर्दै आएको यस बिद्यालयको आफनै अत्याधुनिक भवन, खेल मैदान, स्वस्थ पिउने पानी समेत रहेको छ ।आफनै गतिमा तडक भडक रहित तरीकाले चलेको यस बिद्यालयमा १००० को हाराहारीमा बालबालिकाहरुले अध्यन गरिरहेको प्रिन्सिपल दामोदर पौडेल बताउछन ।

आज शुक्रबार भएको स्वागत कार्यक्रममा बिद्यालयका संस्थापक लक्ष्मिदेवी सुबेदी, सल्लाहकार मधुसुदन न्यौपाने, प्रिन्सिपल दामोदर पौडेलले बिद्यालयमा आउने नयाँ बालबालिकाहरुलाई फुलमाला सहित न्यानो माया र स्वागत गरे ।

कोहलपुर क्षेत्रका बिद्यालयहरुमा हुने अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित पार्न यसै बिद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम सुबेदीले क्रिसा कोहलपुरको स्थापना गरेका थिए । क्रिसा कोहलपुर अहिलेपनि शिक्षाको क्षेत्रमा क्रियाशिल रहेको छ । हाल क्रिसा कोहलपुरका अध्यक्ष बेग प्रसाद चन्द रहेका छन ।

कुनै बिबादरहित तवरले सञ्चालित यस बिद्यालयमा पारीवारीक वातावरण भएकाले पनि अभिभावकहरुको रोजाईमा पर्ने गरेको प्रिन्सिपल पौडेल दावि गर्छन । बिद्यालयले होस्टेलमा बसेर अध्यन गर्न चहाने बिद्यार्थीहरुका लागि होस्टेलको समेत ब्यबस्था गरेको छ । बिद्यालयले यस बर्ष नियमित बाहेक २०० बढि बिद्यार्थीहरु आफनो बिद्यालयमा शिक्षाको ज्योती लिन आएको भन्दै स्वागत तथा न्यानो मायाले सम्मान गरेको जनाएको छ ।

Nabintech