५ जेष्ठ २०८१, शनिबार
चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता चिसापानीमा जारी

  • टाइम्स संवाददाता

  • २९ बैशाख २०८०, शुक्रबार २०:४२

कोहलपुर,बाँके: नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकेको आयोजना तथा चिसापानी तेक्वान्दो डोजाङ्गको समन्वयमा बाँकेको चिसापानीमा दुई दिने चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको शुभारम्भ गरिएको छ ।

बाँके जिल्लाका २३ टिमको सहभागिता रहेको प्रतियोगिताको आज शुक्रबार बैजनाथ गाउपालिका प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथी प्रकास बहादुर शाहिले खेलाडिहरुलाई खेल सामाग्रि हस्तान्तरण गर्दै गर्दै खेलको शुभारम्भ गरेका छन ।

खेलको उदघाटन शत्रमा कोहलपुर नगरपालिका वडा नं. १ का अध्यक्ष पदम प्रसाद जैसी,लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष महेस थापा सदस्य मोहन ओलि , बैजनाथ खेलकुद बिकास समितिका महाबिर चौधरी, तेक्वान्दो जिल्ला सल्लाहकार केसर बहादुर आले तथा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत खेलाडिहरुको उपस्तिथि रहेको थियो ।

सिद्ध बहादुर चन्दको स्वागत मन्तब्यबाट शुभारम्ब खेल कार्यक्रमको उदघाटन शत्रको कार्यक्रमको अध्यक्षता नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकेका अध्यक्षता प्रकाश लामिछानेले गरेका थिए ।

चौथो जिल्ला स्तरीय खेललाई मर्यादित तथा अनुशासित तवरले सञ्चालन गर्न जिल्ला सचीव जुङ्ग वीर चौधरी ,चन्द्र बहादुर श्रेष्ठ र श्याम भट्टराईले  रेफ्रिको भुमिका निभाएका थिए । जम्मा १४५ खेल खेलाईने प्रतियोगितामा आज शुक्रबार बिभिन्न तौल समुहका ६६ खेल भएका छन भने बाँकी ७९ खेल भोलि शनिबार खेलाईने आयोजक नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकेले जनाएको छ ।

Nabintech