५ जेष्ठ २०८१, शनिबार
भ्रष्टाचारविरुद्ध आज नागरिक समाजको देशैभरी प्रदर्शन हुने

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०८०, शनिबार ०८:२९

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आज देशै भरी प्रदर्शन हुने भएको छ । ‘भ्रष्टाचारविरुद्ध हामी’ भन्ने अभियान अन्तर्गत आज विभिन्न नागरिक समाजले देशै भरी प्रदर्शन गर्न लागेका हुन् ।

अमेरिका पठाई दिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलीको आरोपमा पुर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी भने फरार रहेको अवस्थामा नागरिक समाजका विभिन्न तप्काले आज प्रदर्शन गर्न लागेका हुन्   ।
यसअघि बुधबार बृहत् नागरिक आन्दोलनले काठमाडौँको भद्रकालीमा प्रदर्शन गरेको थियो। उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई कारबाही गर्न माग गरेका थिए।
Nabintech