२१ बैशाख २०८१, शुक्रबार
जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर साहानीकाे ज्यान गयाे

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०८०, शनिबार १७:४७

बाँके: बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषकाे ज्यान गएकाे छ । बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएकाे हाे ।

साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन जानुभएकाे थियाे । उहाँलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएकाे हाे । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech