२१ बैशाख २०८१, शुक्रबार
शिक्षक सङ्गठन बाँकेको २४ औ जिल्ला परिषद सम्पन्न

डुुडुुवा गाउँपालिकाले बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई न्युुनतम तलब नदिएको कुुराको भ्रत्सना समेत परीषदले गरेको छ


  • टाइम्स संवाददाता

  • ३१ बैशाख २०८०, आईतवार ०९:१४

नेपालगञ्ज: नेपालका आम शिक्षकहरुको जेष्ठ पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले आफ्नो २४ औ जिल्ला परिषद शनिबार विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।

नेपालगंजको सुुनाखरी कटेजमा सम्पन्न परिषदमा प्रकाशन विभागद्धारा प्रकाशित हाम्रो जमर्को नामक स्मारिका विमोचन गरिएको थियो । शिक्षा क्षेत्रमा विभिन्न ओहोदामा रहेर योगदान गर्ने महानुुभावहरु विद्यालय ब्यबस्थापन समिती अध्यक्ष, बालबिकास शिक्षक, बिद्यालय कर्मचारी मौलानालाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा एसईई परिक्षा २०७८ मा बाँके जिल्लाबाट उत्कृष्ट नतिजा प्राप्त गर्र्ने सामुुदायिक विद्यालयका छात्र धम्बेझी मा.वि का अंश मिश्र र लक्ष्मी मा.वि. मदुुइ कि छात्रा दुुर्गा देवकोटालाई बधाइ तथा शुुभकामना सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा जनज्ञान ज्योती मा.वि.का अध्यक्ष खिमलाल शर्मा, ज्ञानोदय नमुुना मा.वि.का अध्यक्ष भिमसरा भण्डारी, प्रभात मा.वि. जि.गाउँ की बालबिकास शिक्षक गिता नेपाली र कालिका प्रा.वि जानकी ४ की कर्मचारी सुुदामा लोनिया सम्मानित भएका थिए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थिक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।

शिक्षक सङ्गठन बाँके अध्यक्ष रेखा धितालको अध्यक्षता र संगठनको राष्ट्रिय समितिका उप महासचिव एकदेव पन्थीको प्रमुुख आथित्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय समिति सदस्य बामदेव सुुबेदी, प्राज्ञ सदस्य महानन्द ढकाल, पुुर्व अध्यक्ष डम्बर राज सुुबेदीले शुुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले सञ्चालन गरेको कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष दिल बहादुुर खत्रीले गरेका थिए । बाँके जिल्लाका ८ वटै पालिकाको गाउँ नगर परिषद सम्पन्न गरि आयोजना गरिएको जिल्ला परिषदमा सबै पालिकाबाट २०० बढी शिक्षकको उपस्थिति रहेको थियो । नेपाल सरकारले बजेट मार्फत गरेको व्यवस्था तथा श्रम ऐन समेत बिरुद्ध बाँकेको डुुडुुवा गाउँपालिकाले बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई न्युुनतम तलब नदिएको कुुराको भ्रत्सना गर्दै राष्ट्रिय रुपमा कुुरा उठाउने भन्दै नयाँ शिक्षा ऐनले मात्रै राहात, अनुुदान, बालबिकास, कर्मचारीका माग सम्बोधनको बाटो खोल्ने हुुँदा नेपाल राष्ट्रिय शिक्षक संगठन छिटो संघिय शिक्षा ऐन पारित हुुनुु पर्ने कुुरामा लागेको प्रमुुख अतिथि संगठनको राष्ट्रिय समितिका उप महासचिव एकदेव पन्थीले बताएका थिए ।

कार्यक्रममा मन्तव्य राख्ने संगठनका नेताहरुले शिक्षक संगठन पेशागत हक हितका साथै शैक्षिक गुुणस्तरमा समेत सजग रहनुु पर्ने भन्दै कक्षाकोठामा संगठन आबद्ध शिक्षक अब्बल हुुनै पर्र्ने कुुरामा जोड दिए । कार्यक्रममा नेकपा एमाले बाँके जिल्ला उपाध्यक्ष डिल्लि बिसिले समेत शुभकामना ब्यक्त गरेका थिए ।

Nabintech