६ जेष्ठ २०८१, आईतवार
नेपालगन्जमा दिया मेकअप स्टूडियो सञ्चालनमा

  • टाइम्स संवाददाता

  • ३१ बैशाख २०८०, आईतवार १६:०९

नेपालगन्ज:नेपालगन्जको सेतु बिक चोक नजिकै दिया मेकअप स्टूडियो सञ्चालनमा आएको छ । आईतवार मिस नेपालगन्ज २०१५ का बिजेता सुमन थापाले रिवन काटेर दिया मेकअप स्टूडियोको उद्घाटन गर्नुभएको हो । उक्त स्टूडियोमा मेकअपको सम्पुर्ण काम जस्तै थ्रेडीङ्ग, फेसियल, वाक्स, सिम्पल मेकअप, हबी मेकअप, ब्राईडल मेकअपको कामहरु गरिने स्टूडियोका संचालक दिया रोकायले बताउनुभयो ।

स्टूडियोमा मेकअप मात्र नभई मेकअप सम्बन्धी ट्रेनिङ्ग समेत दिईने संचालक रोकायले बताउनुभयो । आफ्नो नयाँ स्टूडियो तथा ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य सौन्दर्यमा चासो राख्ने महिलाहरुलाई स्कीन केयर, सेल्फ मेकअप सम्बन्धी जानकारी गराउनु रहेको उहाँले बताउनुभयो । मेकअप स्टूडियो उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष करुणा शाह, आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष भगतराम थारु, नेपाल राष्ट्रिय दलित पत्रकार संघ बाँकेका उपाध्यक्ष आशा परियार लगायत शौन्दर्य सम्बन्धि काम गर्ने शौन्दर्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

Nabintech