६ जेष्ठ २०८१, आईतवार
घट्दै कोभिड संक्रमण‚ आइतबार ८४४ वटा नमूना परीक्षणमा १० जना संक्रमित

देशभर जम्मा १२० जना कोभिडका सक्रिय संक्रमित


  • टाइम्स संवाददाता

  • ३१ बैशाख २०८०, आईतवार १७:५३

काठमाडौं : पछिल्लो समय नेपालमा कोभिड १९ को संक्रमण निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको विवरणअनुसार गत २४ घन्टामा ८४४ जनामा गरिएको नमूना परीक्षणमा जम्मा १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यो सँगै हाल देशभर जम्मा १२० जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशनमा एक जना भेन्टिलेटरमा र एक जना आइसियूमा उपचाररत रहेका छन्।  १२ जना संक्रमणमुक्त भएका छन्। ​शनिबार २ हजार ४१४ जनाको नमूना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको थियो।

Nabintech