१३ बैशाख २०८१, बिहीबार
दक्षिण एसियाली युथ टेबल टेनिसमा नेपाललाई स्वर्ण

  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०८०, मंगलवार ०७:११

काठमाडौं : नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसीपमा आज स्वर्ण पदक जितेको छ।  नेपालले यू–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए।

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको प्रतियोगितामा नेपालले राउण्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो। स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।

नेपालले बंगलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो। श्रीलंकासँग भने नेपाल ३–१ ले चुक्यो। नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए।

 

Nabintech