२४ बैशाख २०८१, सोमबार
अन्धविश्वासिको भर पर्दा बालिकाको गयो ज्यान, गोहिले खायो मान्छेका हात खुट्टा

अन्धविश्वासिलाई कडा कारबाहि गर्न स्थानियको माग


  • बिकल भट्टराई

  • ४ जेष्ठ २०८०, बिहीबार १३:०९

बाँसगढि:बर्दियाको बाँसगढिमा एक बालिकालाई सर्पले टोकेपछि अस्पताल नलगेर प्रार्थनाबाट सञ्चो हुन्छ भन्ने एक अन्धबिश्वसि बासगढी नगरपालिका २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती घर्मगुरुलाई बाँसगढि प्रहरीले नियन्त्रणमा लिएको छ भने सर्पले टोकेकी बालिकाको मृत्यु भएको छ ।

१६ बर्षिया बालिका ओमकुमारी डाँगीलाई हिज राती सर्पले डसेको थियो । झारफकु र प्रार्थनाले निको नभएपछि बालिकालाई उपचारको क्रममा भेरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । निजको लाशलाई पोष्टमार्टमका लागि अहिले भेरी अस्पतालमा नै राखिएको बताईएको छ ।

लापरवाहिले मृत्यु भएपछि अहिले बाासगढिका स्थानियहरु आक्रोशित भएका छन भने अन्धविश्वासि मातालाई कडा कारबाहि गर्न माग समेत राखेका छन ।
घर्तीलाई थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालबाट म्याद थप भइसकेको प्रहरीले जनाएको छ ।

यसैगरि बर्दिया गेरूवा गाउँपालिका वडा नं ४ दंगपुरका हात खुट्टाबिना एक जना पुरूषको शव फेला परेको छ। गेरूवा गाउँपालिका वडा नं ४ दंगपुरका ५१ वर्षीय शिवप्रसाद थारूको शव फेला परेको प्रहरीले जनाएको छ।

शव फेला परेको नजिकै दुइटा गोही पनि देखिएकाले शवको प्रकृति लगायत अन्य सबै कुरा नियाल्दा थारूको मृत्यु गोहीको आक्रमणबाट भएको र पछि गोहीले नै हातखुट्टा खाएको हुन सक्ने अनुमान गरिएको छ ।

Nabintech