२४ बैशाख २०८१, सोमबार
सुवेदीको १३ स्मृती दिवसमा देवकी निरौलाको एकल गजल वाचन

कोहलपुरेमाझ कहिल्यै नअस्ताउने सुवेदीको स्मृतीमा बिबिध कार्यक्रम गर्दै उहा सम्झना गर्ने गरिएको छ


  • टाइम्स संवाददाता

  • ४ जेष्ठ २०८०, बिहीबार १८:२३

कोहलपुर: बाँकेको कोहलपुरमा रहेको बाल ज्योती अंग्रेजी माध्यामिक बिद्यालयले बिद्यालयका संस्थापक स्व. टिकाराम सुबेदीको सम्झनामा एकल गजल बाचन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

स्व. टिकाराम सुबेदीको १३ औं स्मृती दिवसका अबसरमा जेष्ठ ६ गते बिद्यालयको प्रांगणमा गजलकार देवकी निरौलाको एकल गजल बाचन कार्यक्रमको तय गरिएको बिद्यालयका शिक्षक प्रकाश मरासैनिले कोहलपुर टाईम्सलाई बताए ।

तत्कालिन प्याब्सन केन्द्रिय उपाध्यक्ष समेत रहेका सुवेदीको २०६७ सालमा बाँकेको ढकेरीमा सडक दुर्घटनामा परि निधन भएको थियो । कोहलपुर नगरको समग्र विकासमा खरो रुपमा आवाज बुलन्द गर्न सक्ने अदभुत कलाका धनि सुवेदी कोहलपुरका निस्वार्थ विकास हुनुपर्ने भन्दै वकालत गर्दै आएका थिए ।

राजनितिमा समेत अब्बल दख्खल राख्न सक्ने सुवदीको अन्तिम कर्ममा समेत कोहलपुरबासिको अनगन्ति सहभागिता रहेको थियो भने बिद्यालय तथा गैर बिद्यालयका गरि ५० बढि सवारी साधनमा उनलाई अन्तिम श्रद्धाञ्जलि दिन आम नागरिकहरु अगैयाघाट सम्म पुगेका थिए ।

१३ बर्षको अन्तरालमा पनि आफना संस्थापकको स्मरण गर्दै बिद्यालयले उनको योगदानको कदर गर्दै सम्झनामा कार्यक्रम राखेको भन्दै आम कोहलपुरबासिहरुलाई आमन्त्रण समेत गरेको छ ।

Nabintech