६ जेष्ठ २०८१, आईतवार
दाङको देउखुरीमा दुई वटा बस ठोक्कियो, एकजनाको मृत्यु

बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा


  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०८०, शुक्रबार ११:१६

काठमाडौं : दाङको देउखुरीमा दुई वटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। रोल्पा रुन्टीगढी–७ की ४२ वर्षीया  शोभा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनका दुई छोरा पनि दुर्घटना घाइते भएका छन्।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङका नायब उपरीक्षक राजनकुमार गौतमले बताए।

बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ। लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ।

तस्बिर: बिकल भट्टराई

Nabintech