८ बैशाख २०८१, शनिबार
रारामा अणिमा लघु कथा संग्रह विमोचन

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०८०, शुक्रबार १७:२०

कोहलपुर,बाँके:साहित्यकार प्रा.डा. कपिलदेव लामिछानेको लघुकथा संग्रह अणिमाको शुक्रबार मुगुको रारा तालमा बिमोचन भएको छ । साझा प्रकाशनले प्रकाशन गरेको लामिछानेको अणिमा लघु कथा संग्रह अघि अन्यथा, जल मानव,बोन्साई , बिस्थापन लघु कथा संग्रह प्रकाशित भईसकेका छन ।

भैरहवा लुम्बिनी रारा साहित्यिक सदभा यात्रामा रारा ताल पुगेका साहिसतयक टोलीले आजै रारा ताल किनारमा सिर्जना शिविर समेत सञ्चालन गरेको छ ।
स्थलगत सिर्जना शिविर र अणिमा लघुकथा संग्रह लोर्कापन कार्यक्रममा श्रष्टाहरु रुद्र ज्ञवाली, रमेश सर्मथन, तिलक लामिछाने, सिता काफले ढुङगाना, सिर्जना लामिछाने, लक्ष्मि पाण्डे लामिछाने तथा स्थानिय साहित्य अनुरागी सुरेन्द्र बडुवाल र खडग बहादुर विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।
बिमोचित कृती माथि साहित्यकार रुद्र ज्ञवाली र रमेश सर्मथनले टिप्पणी गरेका थिए ।

Nabintech