२९ असार २०८१, शुक्रबार
कोहलपुरमा सक्रिय बन्दै सामाजिक सरोकार मन्च

  • टाइम्स संवाददाता

  • ६ जेष्ठ २०८०, शनिबार ०६:२८

कोहलपुर,बाँके: सामाजिक सरोकार मन्च कोहलपुरले कोहलपुरको समग्र विकासका निम्ति आफनो सक्रिय उपस्थिती जनाउने भएको छ ।सामाजिक सरोकार मन्च कोहलपुरले यातायात ब्यवस्था कार्यालय कोहलपुरमा स्थापना र आर्यघाट कोहलपुरबाट नजिक बनाइनका लागि पहल गर्ने जनाएको छ।

मञ्चका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । मन्चले नापी तथा मालपोत कार्यालय स्थापनाका लागि भुमिका खेल्ने सबै पक्षलाइ धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार बसेको मन्चको बैठकले सव बहान सन्चालनका लागि कोहलपुर नगर पालिकालाई अनुरोध गर्ने र गुणस्तरीय स्वास्थ उपचारका लागि मेडिकल कलेज सङ समन्वय गर्ने समेत जनाएको छ।

Nabintech