६ जेष्ठ २०८१, आईतवार
”भ्रष्टाचारीलाई थाई बन्ध्याकरण गरौं” भन्दै गर्जियो बेटर बाँके

दल, बिचार, संस्थालाई आफैँसँग राखौं, राष्ट्रिय झण्डा बोकौं, स्वतस्फुर्त जागौँ


  • टाइम्स संवाददाता

  • ६ जेष्ठ २०८०, शनिबार ०६:५५

कोहलपुर,बाँके:”भ्रष्टाचारीलाई थाई बन्ध्याकरण गरौं” भन्दै कोहलपुरका स्वतन्त्र युवाहरु शुक्रबार सांझ कोलपुरमा गर्जिएका छन । भ्रष्टाचारमा उच्च पदस्थ ब्यक्तिहरु मुछिएको र उनीहरुलाई राज्यले बिभिन्न बहानामा छोडन सक्ने भन्दै कोहलपुरमा युवाहरुले खबरदारि गरेका हुन ।


बेटर बाँकेको आयोजनामा कोहलपुरको न्युरोड चोकमा स्वतस्र्फुत भेला भएका स्वतन्त्र युवाहरुले भ्रष्टहरुलाई कानुन बमोजिम कारबाहिको माग सहित शान्तिपुर्ण प्रर्दशन गरेका छन ।

बेटर बाँकेद्वारा आयोजित भ्रष्टाचार,कुशासन र दण्डहिनताको बिरुद्द भ्रष्टाचार बिरोधि अभियान कार्यक्रम अन्तरगत दल, बिचार, संस्थालाई आफैँसँग राखौं, राष्ट्रिय झण्डा बोकौं, स्वतस्फुर्त जागौँ ,खबरदारी गरौँ भ्रष्टाचार विरुद्ध एक हौँ भन्ने मुल नारा र ब्यानरका साथ प्रर्दशन गरेको हो ।

बिभिन्न भ्रष्टाचार बिरोधि प्लेकार्ड बोकेका युवाहरुले स्वतस्फुर्तरुपमा भ्रष्टाचारको अपराध क्षम्य हुदैन, भ्रष्टाचारमुक्त समाजको स्थापना गरौं, भ्रटाचारीहरुको थाई बन्ध्याकरण गरौं भन्ने नाराहरु सहित प्रर्दशन गरेका थिए । भ्रष्टाचार बिरुद्धको अभियानलाई बेटर बाँकेका अध्यक्ष देबेन्द्र पौडेल, शिखा एकेडेमीका टंक के.सि., राजन कंडेल, कुबेर जंग शाहि, कोहलपुर मोडेल कलेजका सरोज बाबु पंगेनी, बेटर बाँकेका सचिव मिन प्रसाद देवकोटा, भरत पनेरु लगाएतले सम्बोधन गरेका थिए ।

Nabintech