६ जेष्ठ २०८१, आईतवार
दाङमा होटल राति ११ बजेसम्म खोल्न पाइने

यसअघि राति १० बजेसम्म खुल्दै आएका होटल तथा सेवाजन्य व्यवसाय अब राति ११ बजेसम्म खुल्ने


  • टाइम्स संवाददाता

  • ६ जेष्ठ २०८०, शनिबार ०७:२६

दाङ : दाङमा होटल तथा सेवाजन्य व्यवसाय अब राति ११ बजेसम्म खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबारबाट राति ११ बजेसम्म बजार खोल्न दिने भएको छ। जिल्ला यसअघि राति १० बजेसम्म खुल्दै आएका होटल तथा सेवाजन्य व्यवसाय अब राति ११ बजेसम्म खुल्ने भएका हुन्।

शुक्रबार प्रशासनले सूचना जारी गर्दै क्लब, डिस्को, डान्स, दोहोरी, रेस्त्राँ, लाउन्ज तथा बारहरू, मदिरा बिक्री वितरण गर्ने पसलहरू (बोतलबन्दी बिक्री हुने मात्र) र होटल, रेस्त्राँ, कफीसप, खाजा तथा खाना खुवाउने पसल, पान पसल लगायत यस्तै प्रकृतिका सेवाजन्य व्यवसाय राति ११ बजेसम्म खोल्न सकिने कार्यालय प्रशासकीय अधिकृत टंकराज गौतमले जानकारी दिए।

यस्तै केही दिन अगाडि मात्र दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसाय खोल्ने समयसीमा नलगाउन प्रशासनलाई ज्ञापनपत्र बुझाएको थियो।

अहिलेको आर्थिक र व्यापारिक मन्दीका कारण बजारको आर्थिक अवस्था न्यून रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाई आर्थिक अवस्था चलायमान बनाउने उद्देश्यले साँझको समयमा पनि बजार खोल्ने र रात्रिकालीन व्यवसाय होटल, रेष्टुराँ तथा अन्य व्यवसाय पनि चलाउन दिने संघको माग गरेको थियो।

Nabintech