६ जेष्ठ २०८१, आईतवार
आज नरैनापुरका युवाहरुले बर्फानि बाबा मन्दिरमा सरसफाई गर्दै

आफनो पालिका आफै बनाउ भन्दै केहि नरैनापुरका युवाहरुले यो अभियान चलाएका हुन


  • टाइम्स संवाददाता

  • ६ जेष्ठ २०८०, शनिबार ०८:३०

नरैनापुर,बाँके:बाँकेको राप्ति पारी रहेको नरैनापुरका युवाहरुले नरैनापुरको उत्तर पहाड राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ मा अवस्थित बर्फानी बाबा आश्रम बृहत सरसफाई अभियान थाल्ने भएका छन ।

आफनो पालिका आफै बनाउ भन्दै केहि नरैनापुरका युवाहरुले यो अभियान चलाएको बताईएको छ । हाम्रो पर्यटन, हाम्रो सहभागिता भन्ने मुल नाराका साथ युवाहरु उक्त पवित्र स्थान सरसफाईका लागि बिहान ६ बजे नरैनापुरको मटेहिया चोकमा जम्मा भई आश्रम स्थल तर्फ प्रस्थान गरेको नरैनापुरबाट बिनय दिक्षितले कोहलपुर टाईम्सलाई बताए ।

नरैनापुरमा रहेको बर्फानि बाबा मन्दिर चुरे पहाडसंगै रहेको मनोरम स्थल भएपनि प्रचार प्रसार एबं राज्यको आखा पर्न नसक्दा यो धार्मिक एबं पर्यटकिय स्थल ओझेलमा पर्दै आएको छ । पछिल्लो समयमा बर्फानी बाबा आश्रममा नेपाल र भारतका विभिन्न ठाउँबाट श्रदालुहरु पुग्ने गरेका छन् ।

बाँकेको राप्तिसोनारी नरैनापुर बर्फानि बाबा, नेपालगञ्जको बागेश्वरी मन्दिर र कोहलपुरको रामजानकी मन्दिरलाई धार्मिक तथा पर्यटकिय मार्ग बनाउने उल्लेख्य संभावना पनि उत्तिकै रहेको सरसफाई अभियान्ता विरेन्द्र यादव बताउछन ।

मन्दिर परिसर सरसफाई पश्चात बर्फानि बाबा आश्रम सम्म आन्तरीक तथा बाह्य पर्यटकहरुलाई पर्यापर्यटनकालागि आउन सक्ने बातावरण तय समेत गरिने बताईएको छ ।

Nabintech