६ जेष्ठ २०८१, आईतवार
मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ

  • टाइम्स संवाददाता

  • ८ जेष्ठ २०८०, सोमबार १७:२६

बर्दिया:ठाकुरबाबा नगरपालिका ७ स्थित बठनपुरको जंगलको छेउमा रहेको मचानमा लगेर १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । आइतबार बेलुका ललाइफकाइ ती किशोरीलाई मध्यवर्ती क्षेत्रको जंगलमा लगेर बलात्कार गरी फरार भएका ती युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका(६ तुल्सीपुरका २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुई युवकले किशोरीलाई भे १० प ५५२ नम्बरको मोटसाइकलमा रखेर घटनास्थल पुर्याएका थिए ।
घटनाको जानकारी पाउनासाथ राति नै प्रहरीले बलात्कार आरोपितलाई गाउँबाटै पक्राउ गरेको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Nabintech