१४ बैशाख २०८१, शुक्रबार
अपडेट: रुकुम पश्चिममा जीप दुर्घटना, पाँच दिनको बच्चा र एक महिला सहित ५ जनाको मृत्यु

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट  नेपालगञ्ज ल्याउने तयारी


  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १०:०२

रुकुम, बाँफिकोट :रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच दिनको बच्चा र एक महिला सहित ५ जनाको मृत्यु भएको छ।  बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारा दुलिमा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।  चार जनाको मृत्यु भएको खबर आएको र उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जनाएका छन्। यद्यपि स्थानिय बाँफिकोटका प्रसान्त रिजालका अनुसार मृत्यु हुनेको संख्या ५ पुगेको छ । पछिल्लो पटक एक महिलाको मृत्यु भन्ने खबर संगै मृत्यु हुनेको संख्या पांच पुगेको हो ।  जिपमा १५ जना सवार रहेका थिए। घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार भईरहेको रिजालले कोहलपुर टाईम्सलाई बताए ।

मृत्यु हुनेमा  सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी  छन्। यस्तै वर्ष ५० को देउचन  खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट  नेपालगञ्ज ल्याउने तयारी भईरहेको छ । घटना स्थलमा पानी परिरहेकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

Nabintech