६ बैशाख २०८१, बिहीबार
सार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १७:४८

काठमाडौं : बागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । भोलि राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुने श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

नयाँ भाडादर अनुसार अब सार्वजनिक गाडी चढ्दा न्यूनतम १७ रूपैयाँ लाग्ने भएको छ यसअघी सार्वजनिक गाडी चढ्दा न्यूनतम २० रूपैयाँ लाग्दै आएको थियो ।

मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले भन्नुभयो, ” डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो । भोलि राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुनेछ । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा ५.९० प्रतिशत घटाउने निर्णय भएको छ । उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घट्ने छ ।”

पेट्रोलियम पदार्थमको मूल्य तलमाथि हुँदा भाडा पनि समयोजन हुँदै आएको छ । संघीय सरकारले यसअघि नै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा भाडादर समायोजन गरिसकेको थियो ।

Nabintech