८ बैशाख २०८१, शनिबार
दुःखी देशहरूको सूचीमा नेपाल ६३ औं स्थानमा

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १७:५०

काठमाडौँ : नेपाल दुःखी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणमा नेपाल ३७.१८ अंक पाएर दुःखी देशहरुको ६३ औं सूचीमा परेको छ ।

सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।

यसैगरी सबैभन्दा दुःखी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ ।  दुःखी सूचकाङ्कको इन्डेक्स वर्षको अन्त्यको बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक-ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो ।

Nabintech