१३ बैशाख २०८१, बिहीबार
रेशम चौधरीकाे सजाय माफी मागको निवेदन बोकेर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्ड

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १७:५१

काठमाडौँ :  सरकारले टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने  तयारी गरेकाे छ  ।सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ समेत नआउँदै सरकारले  राष्ट्रपति कार्यालयलाई  सजाय माफीकाे सिफारिस गरेकाे हाे  ।

सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालय पुगिसकेकाे छ । चौधरीको निवेदन लिएर बुधबारै राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर संविधान र  कानुनबमोजिम चौधरीलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल गरेका थिए ।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले चौधरीलाई बाँकी सजाय माफी दिन माग गरिएको निवेदन राष्ट्रपति कार्यालय पुगेको बताउनुभयाे । राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजानेछ ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक टीकापुर घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय पाएका छन् ।   जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् ।

Nabintech