१६ चैत्र २०८०, शुक्रबार
‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले सातदोबाटोलाई हरायो, मनाङ र चर्च ब्वाइजले बराबरी खेले

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १७:५३

काठमाण्डाै: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४–० गोलले हरायो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई तथा राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे । सातदोबाटो २९ अङ्कसहित चौथो स्थानमा छ भने फ्रेन्ड्स २४ अङ्कसहित १२ औँ स्थानमा छ ।

आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् । चर्च ब्वाइज ३८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । मनाङ २५ अङ्कसहित ११ औँ स्थानमा कायमै छ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

Nabintech