५ जेष्ठ २०८१, शनिबार
कोहलपुरका पुन नेपालगञ्जबाट पक्राउ

  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०८०, शुक्रबार १३:४५

नेपालगञ्ज: नेपालगंज उपमहानगरपालिका १५ जमुनाह चेकपोईन्टबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ सय मिलिग्राम, नाइट्राभेट ८ ट्याब्लेट र कोरेक्स ५० एमएलसहित एक जना पक्राऊ परेका छन। पक्राऊ पर्नेमा,कोहलपुर नगरपालिका १२ बस्ने २४ वर्षीय सुबास पुन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Nabintech