१५ चैत्र २०८०, बिहीबार
तक्षशिलाका बिद्यार्थीविच निर्वाचनको अभ्यास (निर्वाचन मत परिणाम अपडेट सहित)

बिद्यालय कप्तानमा बिबेक खत्रि ३५७ मतका साथ निर्वाचित


  • प्रमोद रिजाल

  • १२ जेष्ठ २०८०, शुक्रबार १५:४८

कोहलपुर,बाँके:लोकतन्त्रको सुन्दर पक्ष नेतृत्व छनौट आवाधिक निर्वाचन पद्धतीबाट हुन्छ भन्ने संस्कारको विकास आजभोलि संस्थागत विद्यालयहरुले आत्मसाथ गर्न थालेका छन । निर्वाचनबाट आफुले चाहेको ब्यक्ति छनौट गर्न पाउनुपर्ने संबैधानिक अधिकार आम मतदातासंग हुन्छ भन्ने सन्देश दिंदै संस्थागत विद्यालयहरुले बिद्यार्थीविच निर्वाचन कार्यक्रम राखेर विद्यालयका कप्तान तथा उप कप्तान छनौट गर्ने गरेका हुन ।

प्रयोगात्मक अभ्यास समेत हुने यो बिधि बैज्ञानिक हुने भन्द कोहलपुर १० स्थित तक्षशिला एकेडेमी बिद्यालयले निर्वाचन कार्यालय बाँकेबाट ब्यालेट बक्स ल्याएर बिद्यार्थीबिच नेतृत्व चयणका लागि आज बिद्यालय प्रांगणमा निर्वाचन सम्पन्न गराएको छ । बिद्यालयका बिभिन्न ४ हाउस रातो, पहेंलो, निलो र हरियोका लागि कप्तान तथा उप कप्तान छनौट गर्न ४ कक्षा भन्दा माथिका बिद्यार्थीहरु आफनो नेतृत्व छनौटका लागि मतदान स्थलमा लामबद्ध भएका थिए ।

हाउसका लागि हाउस सम्बद्धले मात्र मतदान गर्न पाउने प्राबधान रहेको छ भने बिद्यालय भरिकै कप्तान उप कप्तानका लागि ४ कक्षा भन्दा माथिका सबै
मतदाता बिद्याथीहरुले मतदान गर्न पाउने नियम रहेको निर्वाचन अधिकृत विजय आर्चायले कोहलपुर टाईम्सलाई बताए । बिद्यालय कप्तानका लागि महिला पुरुष मध्य १ जना र उप कप्तानका लागि महिलाबाट १ जना र पुरुषबाट १ जना निर्वाचित हुनेछन । बिद्यालय कप्तानका लागि कक्षा ९ का विबेक खत्रि र करुणा कार्कि प्रतिस्पर्धामा उत्रिएका छन भने उप कप्तानका लागि छात्रा तर्फ कंचन के.सि. निर्बिरोध निर्वाचित भएकी छिन यद्यपी निवाचन समितीले भने यस्को पुष्टि गरि सकेको छैन । छात्र तर्फ कक्षा ८ का शुसान्त शर्मा, कक्षा ८ कै जस्टिन विशवकर्मा, कक्षा ९ का पेशल कुमार बिष्ट र कक्षा ९ कै नविन बश्याल प्रतिस्पर्धामा रहेको बिद्यालयका एकेडेमीक संयोजक पुरुसोत्तम शर्माले जानकारि दिए ।

आजै सबै निर्वाचनको कार्यक्रम सम्पन्न गरि बिजेताहरुको नाम घोषणा गरिने निर्वाचन अधिकृत विजय आचार्यले बताए । उनका अनुसार सरकारले गर्ने स्थानिय निर्वाचन जस्तै बिद्यार्थीहरुको उत्साहपुर्ण सहभागिता रहेको र आफना पक्षधरले जित्ने आकांक्षाका साथ बिद्यार्थीहरु निर्वाचन परिणामलाई पर्खिरहेका छन । बिद्यार्थीबिचको नेतृत्व छनौट गर्ने गरि भएको निर्वाचनमा स्वस्तिक छाप, नेल पालिस, तारबार, महिला पुरुष जस्ता जन प्रतिनिधि छनौट गर्दा अपनाईने बिधिहरु समेत अपनाई निर्वाचन सम्पन्न गराईएको र नतिजा आजै घोषणा हुने समेत निर्वान समितीले जनाएको छ ।

निर्वाचन मत परिणाम (अपडेट)

तक्षशिलामा आज भएको बिद्यार्थीहरुको निर्वाचनबाट बिद्यालय कप्तानमा बिबेक खत्रि ३५७ मतका साथ निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी करुणा कार्किलेले २२८ मत प्राप्त गरेकी छिन ।

यसैगरि बिद्यालय उप कप्तान क्याप्टेनमा छात्रा तर्फ कञ्चन के.सि. निर्बिरोध निर्वाचित भएकी छिन । छात्रा तर्फ उनको मात्र उम्मेदवारी परेपछि के.सि निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत विजय आचार्यले बताए ।
छात्र तर्फ भने उप कप्तानमा कक्षा ८ का जस्टिन विशवकर्मा, कक्षा ९ का पेशल कुमार बिष्ट र कक्षा ९ कै नविन बश्याललाई फराकिलो मतान्तरले शुसान्त शर्मा बिजयी भएका छन ।

हाउस तर्फ रेड हाउसको कप्तानमा श्रीया वस्नेत र उप कप्तानमा जेनिशा योगी, बिल्यु हाउसमा कप्तानमा अभिशेक खडका र उप कप्तानमा इच्छा आचार्य, ग्रिन हाउसमा कप्तानमा प्रिन्सु खडका र उप कप्तानमा गायत्रि खड्का त्यसैगरि यल्लो हाउसमा कप्तानमा सन्तोष कार्कि र उप कप्तानमा शुर्दसन खडका निर्वाचित भएका छन ।

नवनिर्वाचित कप्तान तथा उप कप्तानलाई निर्वाचन समितीले प्रमाणपत्र प्रदान गरेको छ भने बिद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाहले पद तथा गोपनियताको सपथ खुवाएका छन भने निर्वाचितहरुले पदभार ग्रहण गरे संगै निवर्तमान कप्तान तथा उप कप्तानहरुलाई नवनिर्वाचितहरुले स सम्मान बिदाई गरेका छन ।

Nabintech