२२ बैशाख २०८१, शनिबार
नरैनापुरको शाह सुल्तान बाबा दरगाह पुग्न कुट्टीमा सहजता गराईने

कुट्टीमा आवश्यक भौतिक निर्माणको लागि ध्यानाकर्षण गराएका छन


  • टाइम्स संवाददाता

  • १३ जेष्ठ २०८०, शनिबार १७:२०

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकाको वडानं. ६ जमुनी कोहलामा रहेको शाह सुल्तान बाबा दरगाह कुट्टीमा पुग्ने आस्थावानहरुको सुबिधाको लागि आश्रय स्थलसंगै आवश्यक पूर्वाधार निर्माणको लागि कुट्टी संरक्षण व्यवस्थापन समितिको तर्फबाट सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ ।

स्थलगत अवलोकनका लागि कुट्टीमा पुगेका प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, समाजसेवी प्रवेज अलि सिद्दिकीलगायतको टोली समक्ष कुट्टी संरक्षण समितिका अध्यक्ष तथा पुजारी समेत रहेका हाजी बरकत अली शाहले कुट्टीमा आवश्यक भौतिक निर्माणको लागि ध्यानाकर्षण गराएका हुन ।

उनले शाह सुल्तान बाबा दरगाह कुट्टीमा दैनिक जसो सयको संख्यामा आउने भक्तजनको लागि बस्नको लागि स्थान अभाव भएकोले निर्माणको लागि दयालु मनको साथै स्थानीय, प्रदेश तथा संघिय सरकारको सहयोगको खाँचो रहेको औल्याए । सो कुट्टीमा सोमबार र विहीबार झक्तजनहरुको ठूलो भिड लाग्ने र उनीहरुलाई खानाको व्यवस्था कुट्टीले गराउदै आएको पुजारी शाह बताउछन ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित कृष्णा केसी नमुनाले सो सुल्तान बाबा दरगाह कुट्टीमा दैनिक आउने भक्तजनहरुको लागि आश्रयस्थलको अभाव रहेको र यहाँको भौतिक पूर्वाधार समेतको विकासको लागि आफुले प्रदेश सरकारका तथा स्थानीय तहबाट सकेको पहल गर्ने प्रतिबद्धता जनाईन ।यस कुट्टीमा सबै धर्म र सम्प्रदायका समुदाय पुग्ने भएकोले पनि सामाजिक तथा धार्मिक सद्भावको प्रतिकको रुपमा यसलाई लिन सकिने उनको भनाई थियो ।

Nabintech