२९ असार २०८१, शुक्रबार
गणतन्त्र दिवसमा बाँकेको खजुरामा बृहत कार्यक्रम

प्रभातफेरीमा खजुरा क्षेत्रमा प्रचलित परम्परागत सस्कृती झल्किने बाजा र नाच समेत प्रस्तुत गरिएको थियो


  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०८०, सोमबार १०:१९

बाँके,(खजुरा : खजुरा गाउँपालिकाले गणतन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा सोमबार बिहान बृहत र्याली प्रर्दशन गरिएको छ । खजुरास्थित ईलाका प्रहरी कार्यालय धनौलीबाट सुरु भएको उक्त र्याली खजुरा बजार हुदै गाउँपालिका कार्यालयमा आएर समापन भएको थियो ।

गाउँपालिकाकी कर्मचारी तारा थापाले दिएको जानकारी अनुसार र्यालीमा बिभिन्न बिद्यालयका बिद्यार्थी, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सहकारी संस्था, खजुरा क्षेत्र विकास संस्थाका पदाधिकारी, कृषि समुह, महिला स्वास्थ्य स्वयं सेविका लगायतको सहभागिता रहेको थियो ।

र्याली पश्चात आयोजित कार्यक्रमलाई गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, उपाध्यक्ष मञ्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सम्बोधन गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष डम्बर बिकका अनुसार खजुरा बजारबाट सुरु भएको प्रभातफेरी एक नम्बर हुँदै गाउँपालिका पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा खजुरा क्षेत्रमा प्रचलित परम्परागत सस्कृती झल्किने बाजा र नाच समेत प्रस्तुत गरिएको थियो ।

 

Ganatantra Diwas 2080_Khajura Gaupalika 21685333713.jpg

Nabintech