२२ बैशाख २०८१, शनिबार
रेशम चौधरीलाई बाँकेमा पनि स्वागत

समर्थकहरुले विरोधका लागि विरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए


  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०८०, सोमबार १४:४३

नेपालगञ्ज:कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुसी देखिएका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाई रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आई आफ्ना समर्थकहरुसँग भेट गरेका छन्।

बाँकेको नेपालगञ्ज एयरर्पोटमा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो। स्वागत र समर्थनमा राँझा बिमानस्थल पुगेका महेन्द्र बहादुर चौधरीले टीकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताए। उनले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उनले अहिलेसम्म पनि टीकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताए। उनले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे।

समर्थकहरुले विरोधका लागि विरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए। रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताउदै नागरिक उन्मुक्ति पार्टिका भुम भण्डारीले कोहलपुर चौराहमा समेत स्वागत कार्यक्रमको तय गरि चौधरीसँग दुख सुख साटासाट गरिएको बताए ।

Nabintech