११ बैशाख २०८१, मंगलवार
उच्च अदालत बार एशोसिएशनको चुनावी सरगर्मि भोलि चुनाव

  • टाइम्स संवाददाता

  • १९ जेष्ठ २०८०, शुक्रबार १६:१०

नेपालगन्ज: उच्च अदालत बार एशोसिएशनको चुनावले यतिबेला नेपालगन्जको माहोल तातिएको छ । यही जेठ २० गते (शनिबार) हुने निर्बाचनका लागि कानुन ब्यबसायीहरु घरदैलो अभियानमा ब्यस्त छन ।

बारको नयाँ नेतृत्वकालागि चित्र बहादुर शाहीले नेतृत्व गरेको लोकतान्त्रिक प्रगतिशिल पेशागत कानून व्ययवसायी समूह र चित्र बहादुर केसीले नेतृत्व गरेको स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमनकारी देशभक्त लोकतान्त्रीक कानुन ब्यवसायी समूहबिच प्रतीष्पर्धा हुँदैछ ।

यस पटक प्रमुख ठुला पार्टी (काँग्रेस, एमाले र माओवादी) निकट कानुन ब्यवसायीहरु संयुक्त गठबन्धन बनाएर चुनावी माहोलमा होमिएका छन । उक्त गठबन्धनका तर्फबाट अध्यक्षमा चित्र बहादुर शाही, उपाध्यक्षमा तिर्थराज ज्ञवाली र सचिवमा गणेश प्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन ।

को हुन सचिव पदका उम्मेदवार शर्मा ?

बि.सं. २०२८ जेठ ३१ गते सल्यानको बडागाँउमा जन्मीएका शर्मा नेपालगन्जका प्रतिष्ठित कानुन ब्यवसायी हुन । २६ वर्षदेखी निरन्तर कानुन ब्यवसायमा संलग्न रहँदै आएका शर्माले बि.एल. सम्मको अध्ययन गरेका छन । सल्यान रागेचौरमा रहेको जनता माविमा प्रारम्भीक शिक्षा हासिल गरेका शर्माले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए ।

बाँकेलाई आफ्नो कर्मथालो बनाएका शर्मा ०५४ सालमा कानुन ब्यवसायमा प्रवेश गरेका थिए । नेपाल बार एशोसियसन उच्च अदालत बार नेपालगन्जमा आवद्ध रहेका शर्मा सुरुवाती दिनदेखी हालसम्म कानुन ब्यवसाय बाहेक अन्य कुनै ब्यवसायमा संलग्न नभएको बताउँछन ।

नेपालगन्ज उच्च अदालत बार एशोसिएशनको गुमेको साख जोगाउन आफूले संयुक्त गठबन्धनको तर्फबाट सचिव पदमा उम्मेदवारी दिएको शर्माको भनाई छ । कानून ब्यवसायीको साझा संस्थालाई कुनै पार्टी वा संगठनको क्रिडास्थल बनाउन नहुने भन्दै शर्माले बारलाई साझा संस्थाको रुपमा स्थापित गर्ने उद्धेश्यकासाथ चुनावी मैदानमा होमिएको बताए ।

मानव अधिकार र सामाजिक न्यायका विषय तथा सार्वजनिक सरोकारका विषयमा वकालत गर्दै आएका शर्मा तत्कालिन पुनरावेदन बार नेपालगन्जको कार्यसमिति सदस्यका रुपमा समेत निर्वाचित भईसकेका छन । उनी सल्यानी सेवा समाज बाँकेको संस्थापक (हालसम्म) सल्लाहकार समेत हुन ।

सामाजिक तथा ब्यवसायीक रुपमै रामो छवी बनाएका शर्माले बार र बेन्च बीचको सम्बन्धलाई सुदृढ बनाउँदै कानुन ब्यबसायीहरुको हकहित संरक्षण गर्नु नै आफूहरुको मुख्य एजेण्डा भएकाले यस पटक संयुक्त गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान समेत गरेका छन ।

लोकतान्त्रिक प्रगतिशिल पेशागत कानून व्ययवसायी समूहका उम्मेदवारहरु:

१. चित्र बहादुर शाही  : अध्यक्ष
२. तिर्थराज ज्ञवाली  : उपाध्यक्ष
३. गणेश प्रसाद शर्मा : सचिव
४. हरि प्रसाद सुवेदी : कोषाध्यक्ष
५. सतिषचन्द्र थारु : सदस्य
६. हिरा बहादुर श्रेष्ठ : सदस्य
७. पूर्ण प्रसाद ढकाल : सदस्य
८. शान्ता पोख्रेल : सदस्य
९. रिजवान अहमद मिर्जा : सदस्य
१०. हरिश्चन्द्र सिजापति : सदस्य
११. विरेन्द्र कुमार बस्नेत : सदस्य
१२. जयराज जैसी : सदस्य
१३. जयराम थारु : सदस्य

Nabintech