१३ बैशाख २०८१, बिहीबार
प्रचण्डलाई माेदीले नाङ्गै बनाए : लेखनाथ न्याैपाने

शनिबार बिहान न्यौपानेले सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै स्खलनको यो यत्राले निकै नमिठो अनुभुति दिलाएइको उल्लेख गरेका छन


  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०८०, शनिबार १५:३४

काठमाडौँ : सत्तारूढ नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरमा लगेर नेपालका कम्युनिष्ट नेताहरूलाई नांगै बनादिएको भन्दै नमिठो अनुभुति भएको टिप्पणी गरेका छन् ।

नेकपा मओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादीक केन्द्रकै नेता समेत रहेका मन्त्री शक्तिबहादुर बस्नेत र नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका अर्का मन्त्री प्रकाश ज्वालालाई शुक्रबार भारतको महंकाल मन्दिरको दर्शन गर्ने नाममा कपडा खोलेर पहेलोबस्त्र लगाएर पूजा गर्न लगाइएको थियो । अहिले सोही पहेँलो बस्त्रवाला तस्बिर भाइरल भैरहेको छ ।

सोही क्रममा शनिबार बिहान न्यौपानेले सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै स्खलनको यो यत्राले निकै नमिठो अनुभुति दिलाएइको उल्लेख गरेका छन । उनले भनेका छन, ‘स्खलनकाे याे मात्राले निकै नमिठाे अनुभुति ! गेरुबस्र लगाएर याेजनाबद्ध पुजापाठ गर्नु, वर मग्नु, दान चढाउनु र पुजारीकाे पाउ समातेर पुण्य प्राप्त गरेकाे ठान्नु सामान्य धार्मिक कुटनैतिक विषय हाेइन, भाैतिकवादी दृष्टिकोणकाे टाट पल्टाइ हाे । माेदीले कम्युनिस्ट नेताहरुलाई नाङ्गै बनाएकाे देख्दा यस्ताे नरमाइलो लाग्याे कि सायदै जिन्दगीमा यस्ताे अनुभुति भएकाे थियाे !?’

Nabintech