१४ बैशाख २०८१, शुक्रबार
बेपत्ताको खोजीका लागि कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोरसहितको टोली सुनकोशीमा

बाँकी तीन जना अझै बेपत्ता छन


  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०८०, शनिबार १५:३५

काठमाडौं : शुक्रबार सुनकोशी नदीमा जिप खसेर बेपत्ता भएका तीनजनाको खोजीका लागि कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा थप ४ जना गोताखोरसहित ७ जनाको टोली सिन्धुली गएको छ ।

सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो शुक्रबार बिहान ११ बजे सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो।

स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए। बाँकी तीन जना अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सीटीईभीटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन्।

Nabintech