१४ बैशाख २०८१, शुक्रबार
नागरिकता विधयकका बिरुद्ध कोहलपुरमा मशाल जुलुस

भारत भ्रमणको पुर्व संध्यामा वर्तमान राष्ट्रपतिले प्रमाणिकरण गर्नुले छिमेकि रिझाएर देशलाई फिजिकरणको बाटोमा लैजाने दुस्साहस र राष्ट्रघात


  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०८०, शनिबार २१:१८

कोहलपुर,बाँके: नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघको आयोजनामा नागरिकता विधयक प्रमाणिकरणका बिरुद्ध हात हातमा मशाल बोकेर प्रर्दशन गरिएको छ ।

”देश बेच्न पाईदैन,लुम्बिनी कपिलबस्तु हाम्रो हो” ”राष्ट्रघाति नागरिकता विधयक खारेज ग”र जस्ता चर्का नारा लगाउदै न्युरोड चोकबाट मशाल बोकेका अखिल नेपाल किसान महासंघका नेता कार्यकर्ताहरुले मशाल बाल्दै कोहलपुर चौराहा परिक्रमा गर्दै नेपालगञ्जरोडमा कोण सभामा परिणत भएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव आरती पौडेलले पुर्व राष्ट्रपतिले निष्कृय पारेर राखेको नागरिकता विधयक प्रक्रिया मिचेर प्रधानमन्त्रिको भारत भ्रमणको पुर्व संध्यामा वर्तमान राष्ट्रपतिले प्रमाणिकरण गर्नुले छिमेकि रिझाएर देशलाई फिजिकरणको बाटोमा लैजाने दुस्साहस र राष्ट्रघात गरेको भन्दै विधयक खारेजिको बिकल्प नभएको बताईन ।

पुर्व लुम्बिनी प्रदेश सभा भुमि ब्यबस्था तथा सहकारी मन्त्रि समेत रहेकी पौडेलले कपिलबस्तुर लुम्बिनी नेपालको भएको जिकिर गर्दै भारतीय नक्शामा हुनु दुखद रहेको कुरा समेत भारत भ्रमणमा रहेका प्रधानमन्त्रिले राख्न नसक्नु लाचारीपनाको पराकाष्टा भएको उल्लेख गरिन ।

प्रमाणिकरण गर्न नमिल्ने नागरिकता विधयक प्रमाणिकरण गर्न बाध्य पारेको बर्तमान सरकारको तान्डव नृत्यलाई किसान महासंघले टुलुटुलु हेरेर बस्ने नभन्दै विधयक फिर्ता नगरे सम्म आन्दोलन जारी रहने समेत बताईन ।

बिबाह गर्दा सिन्दुर संगै नागरिकता प्रदान गर्ने ब्यबस्थाले नेपाल र नेपालीको हित बिपरीत बिदेशि प्रभु रिझाउने उपहार लिएर भारत गएका प्रधानमन्त्रि पुष्पकमल दहालले नेपालका हितमा कुनैपनि कार्य नगरेको उल्टै शर्त सहित लिपुलेक र लिम्पियाधुरा भारतलाई सुम्पिने आशय दिएर स्वदेश फर्केको भन्दै नेपाल नरहे हामी कहा रहौंला भन्दै आन्दोलमा होमिन तमाम नेता कार्यकर्ताहरुसंग आब्हान समेत गरिन ।

अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोति भुसालले सञ्चालन गरेको कोण सभा अघि आयोजित मशाल जुलुसमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा कोहलपुरनगर पार्टी सह ईन्चार्ज कुस्माखर बस्याल, युवा संघका केन्द्रिय सचिव खेम शर्मा, नेकपा एमाले प्रदेश कमिटीका सदस्य खिल प्रसाद भुसाल, गोपाल गिरी, हरिभक्त अधिकारी , नगर कमिटि अध्यक्ष नम प्रसाद शर्मा, सचिव गोमा खनाल,अनेमसंघ, युवासंघ अनेरनस्ववियु लगाएत बिभिन्न भातृसंगठनका  नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Nabintech