१४ बैशाख २०८१, शुक्रबार
नेपाली महिला टोलीले मलेसियाविरुद्ध निर्णायक खेल खेल्दै

  • टाइम्स संवाददाता

  • २१ जेष्ठ २०८०, आईतवार ०७:१४

काठमाडौं : नेपाली महिला क्रिकेट टोलले मलेसियाविरुद्धको टी-२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दै छ। मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा नेपाली समय अनुसार यो खेल बिहान पौने ९ बजेदेखि शुरु हुने छ।

नेपाल र मलेसियाले सिरिजमा २-२ को बराबरी गरेका छन्।  अन्तिम खेल जित्ने टिमले सिरिज कब्जा गर्ने छ। सिरिजको पहिलो खेलमा हार बेहोरेको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर सिरिजमा अग्रता बनाएको थियो । तर अन्तिम खेल मलेसियाले जितेर सिरिज बराबरी गरेको छ।

सिरिजको पहिलो खेल मलेसियाले ५ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो। चौथो खेल मलेसियाले ४ विकेटले जितेको थियो।

Nabintech