१२ बैशाख २०८१, बुधबार
बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

घाइते दुवै जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु


  • टाइम्स संवाददाता

  • २१ जेष्ठ २०८०, आईतवार ०७:२४

लुम्बिनी : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते दुवै जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक ठक्कर खाएको थियो। बसचालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Nabintech