१४ बैशाख २०८१, शुक्रबार
प्रतिवेदन सार्वजनिक नगरेको भन्दै कोहलपुर खानेपानीमा तालाबन्दि

नेतृत्व स्वतन्त्र ब्यक्तिको हातमा जान सक्ने डरले प्रतिबेदन लुकाउन निर्णय टिपोट गर्ने देखि लिपिबद्ध गर्दा सम्म छलछामको तिक्डममा लागेको आरोप


  • प्रमोद रिजाल

  • २१ जेष्ठ २०८०, आईतवार १९:०७

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेष्ठ २ गते तोकिएको आठौं बार्षिक साधारण सभा तथा अबिधेसनमा कोषाध्यक्षको प्रतिबेदनमाथी आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित छानबिन समितीले तयार पारेको प्रतिबेदन सार्वजनिक नगरि चुनावि प्रक्रियामा गएपछि आज आईतवार खानेपानी कार्यालयको प्रशासनिक कार्यकक्ष तथा निर्वाचन कार्यालय रहेको भवनमा ताला लगाईएको छ ।

संस्थामा व्यापक अनियमितता भएको विषय पेचिलो बन्दै गएपछि जेठ २ को साधारणसभाले छानविन समिति समेत गठन गरेको थियो । साधारण सभामा पेश गरेको एकिकृत भन्ने आर्थिक प्रतिवेदन सभामा उपस्थित प्रतिनिधिहरुलाई शंकास्पद लागेपछि ५ सदस्यीय छानविन समिती गठन भएको थियो । हर्क बड थापा संयोजक रहेको उक्त समितीमा तेज प्रसाद अधिकारी, शशेन्द्र शाहि, शिव पोख्रेल र अमर चन्द सदस्य रहेका थिए । उक्त समितीे आफनो कार्यक्षेत्राधिकार भित्र नपरेको भन्दै पञ्छिदै आएको छ भने साधारण सभामा निर्णयका बुँदाहरु टिप्ने र लिपिबद्ध गर्नेहरुले चलाखिपुर्ण तरीकाले समितीको प्रतिबेदन निर्वाचित समितीलाई बुझाउने भन्ने बाक्य लिपिबद्ध गरेपछि समितीलाई समस्या आएको छानबिन समितीका एक सदस्यले कोहलपुर टाईम्सलाई बताए ।

साधारण सभामा निर्णय टिपोट गर्ने र निर्णय लिपिबद्ध गरि १३ सदस्य रहेको उपसमितीले प्रमाणिकरण गर्ने भन्ने प्रश्ट ब्यबस्था गरेको भएपनि प्रमाणिकीकरण नगरी प्रतिबेदनलाई पाखा लगाउदै निर्वाचनको मिती र कार्यक्रम तय गरिनु दलगत हस्तक्षप भएको दलिल सहित आम उपभोक्ताले ताला लगाउनु परेको उपभोक्ता एल बि क्षेत्रिले बताएका छन ।

निर्वाचन बिथोल्न कदापि हैन भन्दै उपभोक्ता संजय मण्डलले संस्थामा ८ बर्षमा हुन लागेको निर्वाचनको हामी स्वागत गछौं तर छानबिन समितीको प्रतिबेदन सार्वजनिक गरियोस हाम्रो माग यक्ति रहेका छ , खुल्ला निर्वाचन नै लोकतन्त्रको सुन्दर पक्ष हो उनको थप कथन रहेको छ ।
केहि उपभोक्ता भने भागबण्डा गरि खान पल्केका दलहरुले प्रतिबेदन सार्वजनिक भए आफना काला कर्तुत सार्वजनिक हुने र आम उपभोक्ताहरुको दलप्रति बितृष्णा उत्पन्न भई नेतृत्व स्वतन्त्र ब्यक्तिको हातमा जान सक्ने डरले प्रतिबेदन लुकाउन निर्णय टिपोट गर्ने देखि लिपिबद्ध गर्दा सम्म छलछामको तिक्डममा लागेको आरोप लगाउदै आएका छन ।

आम उपभोक्तालाई खानेपानी सर्वसुलभ दिने संस्थामा राजनैतिक रंग भर्दै कार्य समितीमा बस्न मरीहत्ते गर्ने र छानबिन हिसाव नदेखाई चुनावी प्रक्रियामा गएको प्रति बेटर बाँकेले समेत असहमती जनाउदै प्रतिबेदन सनर्वजनिक गर्न शनिबार प्रेस बिज्ञप्ति जारी गरेको थियो । आईतवार आज आम उपभोक्ताको हस्ताक्षर सहितको प्रेस बिज्ञप्ति सहित प्रतिबेदन सार्वजनिकको माग सहित ताला बन्दि गरिएको छ भने सोको जानकारी कोहलपुर नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाललाई समेत बुझाईएको छ ।

Nabintech