१४ बैशाख २०८१, शुक्रबार
सरसफाई गर्दै तक्षशिलाले मनायो बिश्व वातावरण दिवस

वडा र बिद्यालय बिच सहकार्य अघि बढने प्रतिबद्धता


  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८०, मंगलवार ०६:३४

कोहलपुर,बाँके:  लेट्स युनिट टु सेभ द ईन्भाईरोमेन्ट भन्ने मुल नाराका साथ आयोजना गरिएको बिद्यालय तथा टोल सरसफाइ कार्यक्रममा कोहलपुर १० न.वडा कार्यालय लगाएत टोलका बिभिन्न स्थानमा सरसफाइ एवं डस्टबिन राखि तक्षशिला एकेडेमी कोहलपुर बाँकेले बिश्व वातावरण दिवस मनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष,टोल बिकास समिति पदाधिकारी,शिक्षक तथा बिद्यार्थीहरु ले विभिन्न टोलहरुमा पुगि सरसफाइ गर्नुका साथै बाताबरणको मह्त्वबारे जानकारी गराएका थिय। कार्यक्रमका अवसरमा वडा अध्यक्ष गौरा भट्टराईलाई बिधालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले ५ थान डस्बिन हस्तान्तरण गर्नु भएको थियो। बिधालयको कामको सरहाना गर्दै वडा अध्यक्ष भट्टराईले बिधालय सङ हातेमालो गरेर अधि बढने बताउनु भयो।

Nabintech