१६ चैत्र २०८०, शुक्रबार
अनेरास्ववियुले गरयो जिम्मेवारी बाडफाड, बाँके ईन्चार्जमा घिमिरे

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८०, मंगलवार ०८:१८

कोहलपुर,बाँके:अनेरास्ववियुले नेपालभर जिम्मेवारी हेरफेर गर्दै जिल्लाका ईन्चार्जहरु तोकेको छ । बाँकेबाट केन्द्रिय सदस्य भएका दुई जना बिद्यार्थी नेताहरुलाई समेत नयाँ जिम्मेवारी तोकेको अनेरास्ववियुले जनाएको छ ।

बाँकेबाट नयाँ जिम्मेवारी पाउनेहरुमा केन्द्रिय सदस्य द्धय दिनेश के.सि. र सुमन घिमिरे रहेका छन । सुमन घिमिरेलाई बाँके जिल्ला ईन्चार्ज तोकिएको छ भने दिनेश के.सिलाई प्युठान जिल्ला ईन्चार्ज तोकिएको छ ।

लामो समय देखि बिद्यार्थी मोर्चामा रहेर काम गरेका बिद्यार्थी नेता द्धयहरुलाई नयाँ जिम्मेवारी तोकिएपछि अनेरास्ववियु बृत्तमा संगठन सुदृड हुने समेत अनेरास्ववियु केन्द्रिय कमिटिले अपेक्षा लिएको छ ।

नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको अनेरास्पवियुमा लामो समयदेखि रहेका बिद्यार्थी नेता द्धयहरु शिक्षा क्षेत्रका बिक्रिती बिसंगतिका बिरुद बुलन्द आवाज सहिग अग्र मोर्चामा देखिदै आएका छन ।

शिक्षा क्षेत्रका अलावा समाजमा ब्याप्त कुरीती , कुसंस्कार र राजनैतिक बिक्रितीमा समेत खबरदारी गर्दै आएका बिद्यार्थी नेताहरु काठमाण्डौमा सम्पन्न अनेरास्ववियुको २३ औं सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

Nabintech